शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सकियो ‘आरुशी’, नयाँ वर्षमा रिलिज

सोमबार, २३ पुस २०७५, १५ : ५०
सोमबार, २३ पुस २०७५

काठमाडौं – निर्देशक उदय सुब्बाको पछिल्लो चलचित्र ‘आरुशी’ छायांकन सकिएको छ ।  ३५ दिनको नियमित छायाँकन पछि चलचित्र सकिएको हो । 

पूर्वको चैनपुर,  ताप्लेजुङ, संखुवासभाको गुफा पोखरी, झापा, धनकुटा र इलाममा चलचित्रको छायाँकन गरिएको निर्देशक सुब्बाले बताए ।

त्रिकोणात्मक प्रेमकथा बोकेको चलचित्र ‘आरुशी’मा रमा लिम्बु र इशक राईको मुख्य भुमिका रहेको छ । यी दुबै यसै चलचित्रबाट डेब्यु गर्न लागेका हुन् । 

कला राइ, सुनिल थापा, दमन रुपाखेति, सुरबिर पण्डित, रामचन्द्र अधिकारी, भुपेन्द्र लिङदेन, उदय सुब्बा लगायतका कलाकारका समेत अभिनय रहेको चलचित्रमा बिकाश चौधरीको संगीत, कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफी, राजु किरातीको द्धन्द रहेको छ । 

सहारा प्रधान, बिरु गुरुङ र केशब कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेको यो फिल्म नयाँ बर्ष २०७६ को सुरुवातमै प्रदशर््नमा आउने निर्माण युनिटले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप