शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जलस्रोतको धनी देशमा खानेपानीको यस्तो हाहाकार ! (तस्बिरहरु)

सोमबार, २३ पुस २०७५, १३ : ०८
सोमबार, २३ पुस २०७५

काठमाडौं–जलस्रोतको दोस्रो धनी देश नेपाल । तर, जलस्रोतका उचित व्यवस्थापन गर्न नसकिँदा जहाँतहीँ पानीको हाहाकार हुने गरेको छ । चाहे ग्रामिण क्षेत्रमा होस् या राजधानी उपत्यकामा नै किन नहोस्,  पानीको समस्या विकराल छ । 

विशेष गरी हिँउदको समयमा राजधानीमा खानेपानीको पानीको समस्या बढी देखिन्छ । रातोपाटीकर्मी ललितपुरको गुसिङ्गालमा पुग्दा यस्तै अभावको एउटा तस्बिर देखिन्थ्यो । 

 गुसिङ्गालस्थित राम मन्दिर नजिकै एउटा इनार  छ । जहाँ आसपासका स्थानीय लुगा धुन तथा नुहाउनका लागि आउने गर्छन् । घरमा पानीको समस्या रहेको र इनारमा केही हदसम्म भएपनि पानी पाइने भएकाले आउने गरेको उनीहरुले प्रतिक्रिया दिए । 

इनारमा सधैं स्थानीयको भीड लाग्ने गर्छ ।  पालो नपाइने भएकाले कति त मध्यरातमा समेत पानी लिनका लागि त्यहाँ पुग्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप