शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई चीनको अर्को धम्कीः डोकलाममा भारत तेस्रो पार्टी, सेना नहटाए कश्मिरमा दखल दिनेछौं

शुक्रबार, १३ साउन २०७४, १० : ५६
शुक्रबार, १३ साउन २०७४

सिक्किमको डोकलाम एरियामा जारी विवादको विषयमा चीनको सरकारी मिडियाले एकपटक पुनः भारतलाई धम्की दिएको छ । चीनियाँ मिडियाले भनेको छ, ‘डोकलाम मसला चीन–भूटान सीमामा विवाद छ । यसमा तेस्रो पार्टीको रुपमा भारतले हस्तक्षेप गर्ने के अधिकार छ ? नयाँ दिल्लीको तर्क अनुसार यदि यदि उनीहरुलाई यस्तो अधिकार छ भने यो निकै खतरनाक हुनेछ किनभने यदि कश्मिर मसलामा पाकिस्तानले अपिल गर्यो भने चीनियाँ सेना त्यहाँको विवादित क्षेत्रमा प्रवेश गर्नसक्छ जसमा भारतको अधिकार भएको कश्मिर पनि समावेश छ ।  गर्यो भने चीनियाँ सेना त्यहाँको विवादित क्षेत्रमा प्रवेश गर्नसक्छ जसमा भारतको अधिकार भएको कश्मिर पनि समावेश छ ।’

स्मरण रहोस् डोकलाम समस्याको समाधान निकाल्ने कोसिस जारी छ । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल बेइजिङमा छन् । बिहिबार उनले चीनका समकक्षी यांग जिआचीसँग भेटघाट गरे । डोभालले शुक्रबार चीनका राष्ट्रपति शी जिनपिंगसँग पनि भेटघाट गर्नेछन् ।

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले बिहिबार आफ्नो एक लेखमार्फत भारतलाई धम्की दिएको छ । झांग यीको यो लेखमा लेखिएको छ, ‘भूटानको तर्फबाट भारतसँग कुनै मद्दत मागिएको छैन तर भारत यो मुद्दामा आफ्नो अडान लिइरहेको छ ।’

पत्रिकाले लेखेको छ, ‘भूटान सरकारको तर्फबाट जारी जून २९ तारिखको बयानमा भारत सरकारसँग मद्दत मागेका कुरा कही कतै लेखिएको छैन । कूटनीतिक सूत्रका अनुसार भूटान सरकारलाई भारतको घुसपेठबारे पनि थाहा थिएन ।’

डोकलाममा ४२ दिनदेखि भारत र चीनका सैनिक आमनेसामने छन् । यो इलाका एक ट्राई जंक्शन (तीन देशको सीमा मिल्ने स्थान) हो । चीन यहाँ सडक बनाउन चाहन्छ तर भारत–भूटान यसको विरोध गरिरहेको छ ।

बिना शर्त पछि हट्न भारतद्वारा अस्विकारः

भारतले डोकलामबाट आफ्नो सेना बिना शर्त फिर्ता बोलाउने चीनको मागलाई अस्विकार गरेको छ । चीनको सरकारी पत्रिका पिपल्स डेलीका एक पत्रकारको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले भने, ‘हामीले डोकलाम मुद्दामा आफ्नो दृष्टिकोण र बाटो खोज्ने तरिकालाई चीनको अगाडि स्पष्ट पारेका छौं । सीमाको मुद्दासँग लड्नका लागि दुबै देशबिच पहिलेदेखि नै एक सिस्टम बनेको छ र अहिलेको विवादको विषयमा पनि हामीले त्यही दिशामा अघि बढ्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय समूदायले पनि समस्याको समाधान कुराकानीमार्फत गर्नुपर्छ भन्ने कुराको समर्थन गरेको छ । हामीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दृष्टिकोण स्पष्ट पारेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप