शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाइडबडी खरिद प्रकरण : पर्यटनमन्त्री रवीन्द्र अधिकारीले दिए यस्तो स्पष्टीकरण

आग्रह–पूर्वाग्रहले मेरो नाम मुछियो : मन्त्री अधिकारी
सोमबार, २३ पुस २०७५, १० : ४९
सोमबार, २३ पुस २०७५

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले नेपाल बायुसेवा निगमले खरिद गरेका २ वटा वाइडबडी जहाज खरिदमा आफूले काुनन बमोजिम काम गरेको र त्यसमा भएको भनिएको भ्रष्टाचारमा आफ्नो कहिँकतै संलग्नता नरहेको दावी गरेका छन् । 

उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यस्तो दाबी गरेका हुन् । 

निगमका वाइडबडी खरिदका सम्बन्धी प्रकृया २०७१÷७२ बाटै सुरु भएको भन्दै त्यहिबेलाको बजेट वक्तव्यबाटै बजेट बिनियोजन हुँदै आएको बताए । उनले आफूले मन्त्रालय सम्हाल्नुअघि नै सो प्रकृया चालू रहेको र नेपालको हवाइसेवा सुधारका लागि थालिएको यो प्रकृयामा आफूले निरन्तरता दिएको बताए । आफूले यो प्रक्रिया रोकेको भए निगमको ९ अर्ब रुपैयाँ डुब्ने र निगम टाट पल्टने अवस्था रहेको उनले जिकिर गरे । 

उनले निगमले किनेका वाइडबडी वोलपत्र आह्वान गरेर प्रतिस्पर्धाकै आधारमा खरिद गरेको पनि दाबी गरे ।

साथै उनले वाइडबडी खरिद प्रकरणमा उठेका प्रश्नहरुको निश्पक्ष छानविन गर्न पनि आग्रह गरेका छन् । त्यसमा अफ्नोतर्फबाट पूर्ण सहयोग हुने प्रतिवद्धता पनि मन्त्री अधिकारीले जनाएका छन् । 

त्यसक्रममा मन्त्री अधिकारीले आफ्नो नौ महिने कार्यकालमा भए गरेका उपलब्धिको समीक्षा गरेका थिए ।

पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले अनुसन्धानका क्रममा मन्त्रालयका कोही कर्मचारी दोषी पाइए कडा  कारबाही गरिने पनि बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप