शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इस्लाम त्यागेर अष्ट्रेलिया भागिरहेकी साउदी युवती एयरपोर्टमै फसिन्, हत्या गरिने हो कि भन्ने डर

सोमबार, २३ पुस २०७५, ०७ : ४२
सोमबार, २३ पुस २०७५

बीबीसी

साउदी अरबकी एक युवतीले आफू बैंककको मुख्य एयरपोर्टमा फसेको बताएकी छिन् । युवतीका अनुसार उनी आफ्नो परिवारलाई थाहै नदिई भागेर अष्ट्रेलिया जाने कोसिसमा थिइन् ।

राहफ मोहम्मद अल कुनन नामकी १८ वर्षे युवतीले दुई दिनअघि कुवेतबाट अष्ट्रेलिया जाने फ्लाइट समातेकी थिइन् । बैंककबाट उनले अष्ट्रेलियाको फ्लाइट लिनु थियो ।

उनका अनुसार साउदीका अधिकारीले उनको पासपोर्ट पनि जफत गरेका छन् ।

इस्लाम त्यागिन्ः

मोहम्मद अल कुननले इस्लाम त्यागेको र उनलाई जबर्जस्ती साउदी अरब पठाइदिने हो कि भन्ने डर भएको बताएकी छिन् । यदि यस्तो भए, उनलाई उनको परिवारले हत्या गरिदिने पनि उनले बताइन् ।

बैंककमा भएका बीबीसी संवाददाता जोनाथन हेडका अनुसार मोहम्मद अल–कुनन निकै डराएकी छिन् ।

मोहम्मद अल–कुननले आफूसँग अष्ट्रेलियाको भिसा भएको तर साउदीका एक कुटनीतिज्ञले उनको पासपोर्ट जफत गरेको बताएकी छिन् ।

बीबीसीको कार्यक्रम न्यूजआवरमा मोहम्मद अल–कुननले यतिबेला उनी ट्रान्जिट इलाकाको एक होटलमा भएको जानकारी दिइन् । उनले लगातार यसबारे ट्वीट गरिरहेकी छिन् ।

उनले भनिन्, ‘मैले आफ्नो कहानी र तस्बिर सोसल मिडियामा सार्वजनिक गरेकी छु । यसकारण मेरा पिता मसँग अत्यधिक रुष्ट छन् । म आफ्नो देशमा पढाई र काम गर्न सक्दिनँ । म स्वतन्त्र हुन चाहन्छु । पढ्न चाहन्छु, काम गर्न चाहन्छु ।’

थाइल्याण्ड पुलिसको दाबीः

यस्तै, अर्कोतर्फ थाइल्याण्डक पुलिसका अनुसार मोहम्मद अल–कुनन एउटा विवाहबाट भागिरहेकी थिइन् ।

थाइल्याण्ड पुलिसका मेजर जनरल सुराछते हकपर्नले बीबीसीलाई दिएको जानकारी अनुसार मोहम्मद अल–कुननसँग थाइल्याण्ड प्रवेश गर्ने भिजा थिएन त्यसकारण पुलिसले उनलाई प्रवेश गर्न दिएन ।

पुलिसले मोहम्मद अल–कुननलाई कुवेत एयरलाइन्समार्फत उनको देश फिर्ता पठाउने कोसिस भइरहेको छ ।

यद्यपी, मेजर जनरल सुराछतेले उनलाई मोहम्मद अल–कुननको पासपोर्ट जफत गरिएको बारे जानकारी नभएको बताए ।

ड्राइभिङमाथिको प्रतिबन्ध हटेपछि साउदी महिला नयाँ स्वतन्त्रताका लागि तयार (फोटोफिचर)

जब मोहम्मद अल–कुनन थाइल्याण्डको बाटो हुँदै अष्ट्रेलिया जाँदै थिइन् र उनीसँग अष्ट्रेलियाको भिसा पनि थियो भने उनीसँग थाइल्याण्डको भिसा किन हुनुपर्यो भन्ने बारे पुलिसले स्पष्ट जानकारी दिन सकेन ।

याद गर्नुपर्ने कुरा के छ भने साउदीका नागरिक जब थाइल्याण्ड पुग्छन् तब त्यहाँबाट पनि उनीहरुले भिसाको आवेदन दिन सक्छन् ।

परिवारको डरः

मोहम्मद अल–कुननले ट्वीटरमा आफ्नो नामलगायत सम्पूर्ण जानकारी सार्वजनिक गरेकी छिन् किनभने उनका अनुसार अब उनीसँग गुमाउनका लागि केही पनि छैन ।

उनले आफ्नो पासपोर्टको एउटा तस्बिर पनि ट्वीट गरेकी छिन् । एक ट्वीटमा उनले लेखेकी छिन्, ‘मलाई मेरो परिवारले मारिदिने हुन् कि भन्ने डर छ ।’

 

चर्चामा साउदी युवराज सलमान र पुटिनको ‘हाई फाइभ’

के यो साउदी अरबका युवराज सलमानको अन्त्य हो ?

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप