बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘नसीरुद्दीन शाह जस्ता अरु मानिसको खाँचो छ’

आइतबार, २२ पुस २०७५, १५ : ५३
आइतबार, २२ पुस २०७५

भीडद्वारा हुने हत्या/हिंसाको घटनामा बृद्धि तथा पुलिसकर्मीभन्दा गाईको मृत्युको खबरलाई बढी प्राथमिकता दिन थालिएको बारे अभिनेता नसीरुद्दीन शाहको बयानमा दक्षिणपन्थीहरुले आफ्नो निधार खुम्चाए भने यसमा आश्चर्यचकित हुने कुनै कुरा छैन ।

वर्तमान समयमा भारतमा जे भइरहेको छ, त्यसबारे गरिने हरेक आलोचनात्मक टिप्पणीलाई हिन्दुत्ववादी लडाकु आफ्नो भगवान नरेन्द्र मोदीबिरुद्ध लगाइएको अभियोगको रुपमा हेर्छन् ।

उनीहरुको नजरमा यस्ता आलोचनाहरु कुनै न कुनै रुपमा हिन्दुविरोधी हुन्छन् । र, यो सबमा गाईलाई मिसाइदियौँ भने उनीहरुको रिसले आगोको गोलाको रुप लिन्छ । यसको अलावा शाह एक मुस्लिम हुन् र आज एक मुस्लिमले आफ्नो मनको कुरा गर्नु भनेको ‘गद्दारी’ भन्दा कम होइन ।

शाहले कुनै पनि मामिलामा आफ्नो नजरियालाई गोप्य राखेका छैनन् । उनी खुलेर आफ्नो मनको कुरा राख्ने कलाकारको रुपमा चिनिन्छन् र यसमा आफ्नो उद्योगका व्यक्ति र नयाँ उदाउँदा कलाकारलाई पनि छाड्दैनन् ।

१९८० को दशकमा जब उनी समानान्तर सिनेमा जगतको स्टार थिए, उनले आर्टहाउस चलचित्रलाई दोस्रो दर्जाको, यहाँसम्म कि फर्जी करार गरेका थिए । यसले गर्दा धेरैले उनीसँग सम्बन्ध ताडेका थिए ।

साक्षात्कारमा उनले कुरा नचपाई राजेश खन्नालाई अभिनेता नभएको बताएका थिए र अमिताभ बच्चनको चलचित्रलाई खारेज गरेका थिए । हालैमा उनले विराट कोहलीलाई ‘विश्वको सबैभन्दा खराब आचरण भएको खेलाडी’ भनेका थिए । यो कुरा अन्यले पनि भनेका थिए ।

संवेदनशील अभिनेता आमिर खानजस्ता अर्का थरी भने आलोचनापछि नबोल्ने कसम खान्छन् । अझ करण जोहरजस्ता अर्का थरी मानिसहरु पनि छन् जो धम्कीको संकेतमा नै समर्पण गरिदिन्छन् र अन्ततः दयनीयपूर्वक माफी माग्छन् । 

उनी राजनीतिक घटनाक्रमलाई पनि नियालेर हेर्छन्, राम्रो शिक्षा पनि लिएका छन् र वर्तमानमा घटेका घटनाहरुबारे सुविचारित दृष्टिकोण राख्छन् । उनी पक्का धर्मनिरपेक्ष हुन् ।

सन् २०१५ मा उनले पाकिस्तानी कलाकारहरुले भारतमा शत्रुतापूर्ण आथित्यता पाउने तर भारतीय कलाकारहरुले पाकिस्तानमा त्यस्तो समस्या सामना गर्नु नपर्ने कुरातर्फ संकेत गर्दा शिव सेनाले विरोध गर्यो ।

त्यो समय शाहले मुसलमान भएकाले आफूलाई निसाना बनाइएको बताएका थिए । 

उनले आफैले भोगिरहेका कुरा भनिरहेका थिए । यस्तो दृष्टीकोणप्रति रहेको आफ्नो असहिष्णुतापूर्ण विगत दोहोर्याउँदै दक्षिणपन्थी हिन्दुत्ववादी लडाकुहरुले त्यही गरे जुन कुरामा उनीहरुले माहरथ हासिल गरेका छन् । उनीहरुले अजमेरमा आयोजित एक साहित्यिक महोत्सवमा शाहको उपस्थितिको विरोध गरे । 

राजस्थानको अशोक गहलोत सरकार यसप्रति प्रतिक्रिया दिन सुस्त रह्यो । यसले हामीलाई भविष्य कस्तो हुनेछ भन्ने संकेत दिइरहेको रहेछ । यसपछि कार्यक्रम पुश्करमा सारियो, जहाँ कम सार्वजनिक उत्सवका साथ कार्यक्रम सम्पन्न भयो । त्यहाँ उनले एक किताब विमोचन गरे र आफ्ना प्रशंसकहरुका लागि एक भिडियो सन्देश जारी गरे । 

यसरी शाहले हिन्दुत्ववादी तत्त्वलाई तुरुपको चालबाट मात दिए । उनी न त पछाडि हटेका छन् न नै ‘कसैको भावनामा चोट पुगेको भए म माफी चाहन्छु’ जस्ता झुटो बयानबाजी गरिरहेका छन् । त्यस्तै उनी न त कुनै प्रभावशाली तत्त्वहरुकहाँ गएर अमनचैनको याचना गरिरहेका छन् न त चुपनै बसेका छन् ।

यो कुराले उनलाई भारतीय फिल्म उद्योग, त्यसभित्र पनि बढी प्रभावशाली रहेको बलिउड, का बाँकी हस्तीबाट अलग राखेको छ । त्यहाँ शक्तिशाली मानिसहरुको शरणमा जाने, निहुरिएर माफी माग्ने र भावी दिनमा पुनः नबोल्ने वाचा गर्ने प्रचलन नै छ । 

अमिताभ बच्चनजस्ता केहीले केही नबोल्ने कलालाई कुशलतापूर्व अंगिकार गरेका छन् कि मानौँ उनी कुनै समानान्तर ब्रम्हाण्डमा बस्छन् जहाँ उनलाई आफू वरिपरि भइरहेका घटनाले छुँदैन । 

संवेदनशील अभिनेता आमिर खानजस्ता अर्का थरी भने आलोचनापछि नबोल्ने कसम खान्छन् । अझ करण जोहरजस्ता अर्का थरी मानिसहरु पनि छन् जो धम्कीको संकेतमा नै समर्पण गरिदिन्छन् र अन्ततः दयनीयपूर्वक माफी माग्छन् । 

नसीरुद्दीनले माथिका कुनै बाटो रोजेका छैनन् । बरु उनले शान्त शैलीमा असहमतिको बाटो अपनाएका छन् । यसमार्फत उनले एक नागरिक र एक सिर्जनशिल व्यक्तिको हैसियतमा आफ्नो अभिव्यक्तिको स्वतन्त्रताको अधिकारमा आफ्नो हकदाबी गरेका छन् । 

यो उनको उचाई नै हो जसले दक्षिणपन्थी हिन्दुत्ववादी मण्डली र तिनका मालिकहरुलाई क्रोधित बनाउँछ । उनीहरु नसीरुद्दीनलाई अस्वीकार गर्न सक्दैनन् किनकि उनीहरुलाई थाहा छ उनको बोलीको सार्वजनिक स्थानमा वजन हुन्छ । यही कारण उनीहरु नसीरुद्दीनका पछाडि हात धोएर लागि परेका छन् । 

उनी सानातिना विवाद सिर्जना गर्ने मध्येमा पर्दैनन् । उनी हेरक विषयमा मिडियालाई आफ्नो टिप्पणी दिने मध्येमा पनि पर्दैनन् । उनका प्रतिक्रियाहरु निक्कै सुविचारित हुने गर्छ । जुन कुनै विषयमा लामो सोचविचारको नतिजा हो । 

यो मामलामा पनि उनले कुनै रिपोर्टरले उनका अघि माइक राखिदिँदा अनायास गरेको टिप्पणी थिएन । न नै यसको उद्देश्य सस्तो राजनीतिक लोकप्रियता हासिल गर्नु थियो । 

यो कुरा उनले सामाजिक अभियन्ता हर्ष मन्दरद्वारा राष्ट्रव्यापी ‘यात्रा’ कारवां–ए–मोहब्बदको लागि तयार गरिँदै गरेको एक भिडियोको लागि आफ्नो कुरा राख्दा निक्कै संयमताका साथ भनिएका कुरा हुन् । यसलाई देशभरी भातृत्वको प्रचार गर्नको लागि योजना बनाइएको हो ।

र कुन चाँही समझदार भारतीय नसीरुद्दीन शाहसँग सहमत नहोला ?

जुन हिसाबले संगठित गिरोह निर्दोष व्यक्तिलाई पिटी पिटी मारिसकेपछि पनि निस्फिक्री हिँडिरहेका छन्, त्यसबाट भारतीयहरु चिन्तीत छन् । कयैन अभिभावक आफ्नो बच्चाहरु हुर्किरहेको देशको त्यस्तो अवस्थाबाट चिन्तित छन् जहाँ कोही ‘गलत’ खाना खाएकोमा पिटिनसक्छन् वा कुनै हानी नपुर्याउने फेसबुक पोष्टको लागि पनि गिरफ्तार गरिन सक्छन् । 

यस्तो समयमा, जोसँग मञ्च छ र जसको आवाज सुनिन्छ तीनले बोल्नु र अडान राख्नु नागरिक कर्तव्यनै हो । 

भारतमा भने यसको उल्टो भइरहेको छ । मिडियाहरु नतमस्तक छन्, व्यवसायी दबेको स्वरमा कुरा गर्छन् । सत्ताधारी संस्थापन वा उसको विचारधारको अलिकति पनि आलोचना हुने कुरा दबेको आवाजमा गरिन्छ र लगतै भर्खरै आफूले भनेको कुरालाई ‘कोट’ नगर्न आग्रह गरिन्छ । 

धेरै पटक हामीहरुको भेट त्यस्ता शक्तिशाली मानिसहरुसँग हुन्छ जो कुनै पनि विवादास्पद मुद्दामा केही बोल्न अस्वीकार गर्छन् । किनकि उनीहरु यस्तो गर्दाको नतिजाबाट डराउँछन् । 

जहाँसम्म फिल्म उद्योगको कुरा छ, यसको कृत्रिम चमकधमक कमजोर जगमा उभिएको छ । यो तितो सत्य हो । यसभित्रका केहीले प्रसन्नताका साथ सत्तासँग हात मिलाएका छन् । उनीहरु सत्ताको पक्षमा बोल्न तयार छन् । बाँकीले भने मौनताको बाटो रोजेका छन् । 

नसीरुद्दीन शाहको स्पष्टवादिता ताजगीपूर्ण मात्र होइन स्वागतयोग्य पनि छ । उनी एक सम्मानित अभिनेता र सार्वजनिक व्यक्तित्व हुन् । उनी आफ्ना मूल्यहरुमा अडिग रहँदै आएका छन् । यसैले उनको धारणाले महत्व राख्छ । 

यो उनको उचाई नै हो जसले दक्षिणपन्थी हिन्दुत्ववादी मण्डली र तिनका मालिकहरुलाई क्रोधित बनाउँछ । उनीहरु नसीरुद्दीनलाई अस्वीकार गर्न सक्दैनन् किनकि उनीहरुलाई थाहा छ उनको बोलीको सार्वजनिक स्थानमा वजन हुन्छ । यही कारण उनीहरु नसीरुद्दीनका पछाडि हात धोएर लागि परेका छन् । 

यसैले, विगतको कुनै समयभन्दा बढी, भारतलाई धेरै भन्दा धेरै, नसीरुद्दीन शाहहरुको खाँचो छ । 

(यो लेख द वायरबाट अनुवाद गरिएको हो ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सिद्धार्थ भाटिया
सिद्धार्थ भाटिया

द वायरका सह–संस्थापक हुन् । 

लेखकबाट थप