बौद्ध स्तुपानजिकै रहेको मिनी क्यासिनोमा प्रहरीको छापा, २३ जना पक्राउ
शनिबार, २१ पुस २०७५, १९ : ३९
काठमाडौं । प्रहरीले बौद्ध स्तुपास्थित फुलबारी भन्ने ठाउँमा सञ्चालित एक मिनी क्यासिनोमा छापा मारेको छ । छापा मार्ने क्रममा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।
जुवातास खेलाइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा छापा मार्दा ७ लाख १९ हजार ८२० रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
लोप्साङ लामाले घर भाडामा लिएर उक्त मिनी क्यासिनो सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विगतको गणित हेर्दा बझाङमा हुनेछ कांग्रेस र एमालेको रोचक भिडन्त
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु