बाथ : समयमै उपचार नगरे शरीरका धेरै अङ्गलाई असर पुर्याउन सक्छ
काठमाडौँ । सामान्यतयाः बाथलाई जोर्नीसम्बन्धी रोगको रुपमा मात्रै लिइन्छ । यो रोग लाग्नेको संख्या यति नै छ भन्ने तथ्याङ्क नभए पनि समस्यामा धेरै नागरिकहरु छन् ।
बाथले शरीरको रोग प्रतिरोधात्मक प्रणालीले शरीरको आफ्नै कोषिकालाई हानी पुर्याएको हुन्छ, जसले गर्दा बाथ रोग लाग्ने गर्दछ ।
बाथ रोगले शरीरको जोर्नी मात्र होइन, मांसपेशी, चर्म, नशा, मुटु, मृगौला, फोक्सो, मस्तिष्क जस्ता महत्वपूर्ण अङ्गलाई पनि असर पुर्याउन सक्छ । बाथ रोगीलाई जाडो मौसममा बढी समस्या हुनसक्छ, त्यसैले यस्ता रोगीले धेरै ख्याल गर्नुपर्ने हुन्छ । बाथ कस्तो रोग हो, यो रोग कसरी लाग्छ, लागिसकेपछि शरीरमा हुने असर उपचार र न्यूनीकरणको बारेमा वीर अस्पतालका बाथ रोग विशेषज्ञ डा अन्जल बिष्टले जानकारी गराएका छन् ।
के हो बाथ रोग
शरीरको एक कोषिकाले अर्को कोषिकालाई हानी पु-याउँदा यो रोग लाग्छ । बाथ सर्ने रोग होइन । तर बंशाणुगत चाहिँ हुनसक्छ । सामान्यतया बाथ रोगको सुरुवात हाडजोर्नी दुखाइबाट हुन्छ । यो रोग विशेषगरी महिलाहरुमा लाग्ने भए पनि बालबालिका, पुरुष तथा बृद्धाबृद्धहरुमा पनि हुन्छ ।
बाथरोगले मानिसलाई निरन्तर पीडा दिइरहन्छ । बाथ धेरै प्रकारको हुन्छ तर सबै भन्दा धेरै देखिने बाथ भनेको गठियाँ बाथ हो । यो बाथले हात, खुट्टाका साना–साना जोर्नीहरु दुख्ने र सुन्निने गर्छ । अझ बिहानको समयमा अन्य समयमा भन्दा धेरै दुखाई हुन्छ ।
गठियाबाथ आराम गर्दा बढी दुख्ने र शरीरलाई चलाउँदा दुखाई कम हुन्छ । यो रोगको समयमा उपचार नगरिए हात खुट्टाको औंलाहरु बिस्तारै बाङ्गिँदै जान्छ र जोर्नी नचल्ने समस्या पनि हुनसक्छ । बाथ रोगले आँखा तथा फोक्सो लाई पनि असर पु-याउन सक्छ ।
बाथ रोगको प्रकार अनुसार विभिन्न किसिमको समस्या र लक्षणहरु देखिन्छ । कुनै बाथमा जोर्नी, मांसपेसी दुख्ने हुन्छ भने कुनैमा मुटु, आँखा, मृगौला, फोक्सो जस्ता महत्वपूर्ण अङ्गहरुमा असर देखिन्छ । त्यसैले बाथ रोगलाई हाडजोर्नी मात्र दुख्ने रोग भनेर बुझ्नु हुँदैन । धेरै देखिने बाथ मध्ये पहिलो नम्बरमा गठियाँ बाथ रहेको छ ।
यो रोग लाग्नुको कारण पत्ता लगाउन नसके पनि वंशाणुगत र विभिन्न संक्रमणको कारणले भएको अनुमान गरिन्छ । यो रोग धुम्रपान गर्ने व्यक्तिहरुमा धेरै देखिन्छ ।
गठियाँ बाथ पछि देखिने अर्काे बाथ भनेको मेरुदन्डको बाथ हो । यो प्रायजसो ४० वर्ष भन्दा काम उमेरको पुरुषहरुमा देखिन्छ । ढाड दुख्ने, बिहान उठ्दा शरीर कक्रिने, हिँडडूल गर्दा कम हुँदै जाने, राती कोल्टे फेर्न गार्हो हुने, पाता दुखिरहने जस्ता लक्षण मेरुदण्डको बाथमा देखिन्छन् ।
यो बाथ आन्द्रामा हुने Inflammatory Bowel Diseas र Psoriasis भन्ने रोगको कारणले पनि हुन सक्छ । कहिलकाहिँ पिसाबमा हुने संक्रमण र झाडापखाला लागे पछि पनि मेरुदण्डको बाथ देखा पर्न सक्छ । मेरुदण्डको बाथले आँखा रातो हुने र दृष्टिमा समस्या ल्याउन सक्छ ।
चिसोमा बाथको बिरामीले ध्यान दिनु पर्ने कुराहरु
जाडोको समयमा बाथ रोगका बिरामीहरुलाई अन्य समय भन्दा धेरै गाह्रो हुनसक्छ । तापक्रम र वातावरणमा प्रेसरको बदलावको कारणले जाडोको समयमा अन्य समय भन्दा धेरै गाह्रो हुन्छ । बाथ रोगको कारणले फोक्सोमा असर भइसकेको छ भने यस्ता बिरामीले जाडोको समयमा धेरै ख्याल गर्नुपर्ने हुन्छ ।
उपचार
बाथ एक दीर्घ रोग हो । यसको पनि औषधि लामो समयसम्म नियमित रुपमा सेवन गर्नपर्ने हुन्छ । नियमित औषधि सेवन गर्ने र स्वास्थ्यको ख्याल गर्दा बाथ रोगलाई पनि अन्य दीर्घ रोग जसरी नै नियन्त्रण गर्न सकिन्छ । बाथ रोगको प्रकार अनुसार उपचार हुन्छ ।
बाथ रोगको बिरामीले खानपान बार्नु पर्दैन । बाथ सँगै अन्य रोगहरु पनि लागेका छन् भने चिकित्सकको सल्लाह अनुसार ख्याल गर्नु पर्ने हुन्छ ।
युरिक एसिडका बिरामीले ध्यान दिनुपर्ने कुराहरु
युरिक एसिड बढेर हुने ‘गाउँटे आरथ्राइसिट’ पनि एक किसिमको बाथ रोग हो । युरिक एसिड हाम्रो शरीरमा प्रोटीनको मेटाबोलिस्म बाट निस्किने एक तत्व हो । कहिले काहिँ रगतमा युरिक एसिडको मात्रा धेरै भएको खण्डमा पनि ‘गाउँटे आरथ्राइसिट’ नहुन सक्छ । तर युरिक एसिडको मात्रा सामान्य हुँदाहुँदै पनि गाउँटे आरथ्राईसिट हुन सक्छ । जब युरिक एसिडका कणहरु जोर्नीमा पुगेर अरु कोषिकाहरुलाई असर पु-याउन थाल्छ तब जोर्नी दुख्ने र सुनिन्ने समस्या हुन्छ ।
यस्तो बाथ रोग मधुमेह, उच्चरक्तचाप, मोटोपनका समस्या भएको व्यक्तिहरुमा बढी देखिन्छ । यस्तै यो रोग मृगौलाको बिरामीले औषधिको कारणले पनि देखिन सक्छ ।
युरिक एसिडलाई नियन्त्रणमा ल्याउन मधुमेह, उच्च रक्तचाप र मोटोपनलाई पनि नियन्त्रणमा ल्याउनु जरुरी हुन्छ । यस्तै नियमित व्यायाम तथा स्वास्थ्य खाना खाने बानी गर्नुपर्छ ।
बाथ रोग भएका बिरामीले सूर्तिजन्य पदार्थ र मध्यपान सेवन गर्नुहुँदैन । साथै युरिक एसिडका बिरामीले रातो मासु, कृतिम चिनी भएको पेय पदार्थहरु सेवन गर्नु हुँदैन । फलफूल, तरकारी, दुधदही युरिक एसिड भएका बिरामीका लागि फाइदाजनक मानिन्छ ।
मासुको परीकारमा कुखुरा र माछा खानु हितकर हुन्छ । साथै चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
-
निजामती क्षेत्रमा पार्टीगत ट्रेड युनियन राख्न उचित हुँदैन: कांग्रेस
-
माओवादीसँग एकताबाट पछि हटेको हल्ला सत्य होइन : विप्लव
-
काजकिस्तानमा विमान दुर्घटना भएको हो कि खसालिएको हो ?
-
भारत फर्किए सोनु निगम
-
वैदेशिक राेजगार स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न माग