शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोको एफ९ जेड ग्रिन लिमिटेड एडिशन बजारमा आउँदै

शुक्रबार, २० पुस २०७५, १८ : ४९
शुक्रबार, २० पुस २०७५

काठमाडौं– ओपोले नयाँ बर्षको अवसर पारेर एफ९ को जेड ग्रिन लिमिटेड एडिसन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । विभिन्न उत्सव, चाडपर्व लगायतको अवसर पारी आफ्ना फोनका विभिन्न मोडलमा आधारित लिमिटेड एडिसन स्मार्टफोन सार्वजनिक गर्दै आइरहेको छ । 

मिति तय नभएपनि ओपो एफ९ जेड ग्रिन यही जनवरी महिना भित्र नेपाली बजारमा उपलब्ध गराउने ओपोले जनाएको छ । विभिन्न ग्राडियन्ट रंगमा सार्वजनिक गरिएका ओपो एफ९ आफ्नो आकर्षक रंग र डिजाइनका कारण नेपाली उपभोक्ता माझ निकै लोकप्रिय छन् ।

कम्पनीले विशेष आफ्ना उपभोक्ताका लागि ओपो एफ९लाई जेड ग्रिन रंगमा सार्वजनिक गर्ने योजना बनाएको हो । हरियो, सेतो र सुनौलो रंगको सम्मिश्रण सहित सार्वजनिकको तयारीमा रहेको जेड ग्रिन वास्तवमै निकै आकर्षक छ । तर, एफ९का अघिल्ला संस्करणमा झै यसमा भने फोनको पछिल्तिर डायमण्ड प्याटर्नको प्रयोग नगरिएको झैँ देखिएको छ ।

फोनको अघिल्तिर डिस्प्लेको माथिल्लो भागमा ओपोको सिग्नेचर वाटरड्रप (पानीको थोपा) झैँ देखिने नोचको ब्यवस्था गरिएको छ । एफ९मा ९०.८ प्रतिशत डिस्प्ले ओगट्ने गरी यस श्रेणीको फोन मध्यकै उच्च स्क्रिन टू बडी रेसियोको प्रयोग गरिएको छ । 

फोनको प्यानललाई कोर्निङ गोरिल्ला ग्लास ६ मार्फत सुरक्षा दिइएको छ । कम्पनीको दावी अनुसार गोरिल्ला ग्लास ५का तुलनामा ६ले दोब्बर सुरक्षा प्रदान गर्ने क्षमता राख्छ । फोनमा रहेको नोचमा सेल्फीका लागि २५ मेगापिक्सेलको क्यामेरा र पोट्र्रेर तथा बोके शट्सका लागि १६ एमपीका साथमा २ एमपी डेप्थ सेन्सर सहितका क्यामेराको ब्यवस्था गरिएका छन् ।

ओपो एफनाइनमा कम्पनीले प्रोशेसरका रुपमा ४ जीबी ¥याम र ६४ जीबी रोमका साथमा मिडियाटेक हिलियो पी६० उपलब्ध गरिएको छ । फोनको निरन्तर प्रयोगमा सघाउने सोचका साथ कम्पनीले यसमा भोक फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने ३ हजार ५ सय एमएएच क्षमता सहितको ब्याट्री जडान गरेको छ ।

यसले मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टक टाइम दिने क्षमता राख्छ । ओपोले एफ९ जेड ग्रिन लिमिटेड एडिसनको मूल्य भने तोकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप