कादर खानको अन्तिम संस्कारमा छोराले भने, ‘मृत्युका बेला बुवाको अनुहारमा मुस्कान थियो’ (फोटो, भिडियो)

बलिउडका दिग्गज अभिनेता एवं लेखक कादर खानको अन्तिम संस्कार बुधबार क्यानडामा गरिएको छ । उनको ‘मिडोभाले सिमेट्री’ मा अन्तिम संस्कार गरिएको हो ।
भिडियोमा देखिए अनुसार उनको प्रेयर मिटमा उनका तीन छोरा अब्दुल, सरफराज र शहनवाजको आँसु थामिएको थिएन । छोरा सरफराजले प्रेयर मिटमा मृत्युका बेला आफ्नो बुवाको अनुहारमा मुस्कान भएको बताए ।
उनले भने, ‘जब मेरो बुवाको मृत्यु भयो तब उहाँको अनुहारमा मुस्कान थियो । उहाँको त्यो मुस्कान मेरा लागि संसारकै सबैभन्दा प्रिय भएको छ जसलाई म जीवनभर साँचेर राख्नेछु ।’
कादर खानका जीवनको अन्तिम वर्ष निकै कष्टप्रद भएको सरफराजले बताए । यसबारे उनले भने, ‘मेरो बुवाका अन्तिम वर्षहरु निकै कष्टकर थिए । बुवाका शरिरले समयसँगै काम गर्न छोडेका थिए जसकारण उहाँ केही गर्नसक्ने अवस्थामा हुनु भएन । ’
इन्टाग्राममा सार्वजनिक भएको एक भिडियोमा सरफराजले आफ्नो पिताले प्रशंसक र छोराहरुबीच केही भिन्नता नदेखेको बताए । उनले भने, ‘मेरो बुवा आफ्ना प्रशंसकलाई निकै माया गर्नुहुन्थ्यो । उहाँले प्रशंसक र छोराहरुबीच कुनै अन्तर देख्नुभएन । उहाँले भन्नुहुन्थ्यो, ‘यदि तिमीहरुमध्ये कसैले पनि मलाई पालेनौं भने मेरा प्रशंसकमध्ये एकजनाले त पक्कै पाल्नेछन् ।’
८१ वर्षे कादर खानको डिसेम्बर ३१ तारिखमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन