कादर खानको अन्तिम संस्कारमा छोराले भने, ‘मृत्युका बेला बुवाको अनुहारमा मुस्कान थियो’ (फोटो, भिडियो)
बलिउडका दिग्गज अभिनेता एवं लेखक कादर खानको अन्तिम संस्कार बुधबार क्यानडामा गरिएको छ । उनको ‘मिडोभाले सिमेट्री’ मा अन्तिम संस्कार गरिएको हो ।
भिडियोमा देखिए अनुसार उनको प्रेयर मिटमा उनका तीन छोरा अब्दुल, सरफराज र शहनवाजको आँसु थामिएको थिएन । छोरा सरफराजले प्रेयर मिटमा मृत्युका बेला आफ्नो बुवाको अनुहारमा मुस्कान भएको बताए ।
उनले भने, ‘जब मेरो बुवाको मृत्यु भयो तब उहाँको अनुहारमा मुस्कान थियो । उहाँको त्यो मुस्कान मेरा लागि संसारकै सबैभन्दा प्रिय भएको छ जसलाई म जीवनभर साँचेर राख्नेछु ।’
कादर खानका जीवनको अन्तिम वर्ष निकै कष्टप्रद भएको सरफराजले बताए । यसबारे उनले भने, ‘मेरो बुवाका अन्तिम वर्षहरु निकै कष्टकर थिए । बुवाका शरिरले समयसँगै काम गर्न छोडेका थिए जसकारण उहाँ केही गर्नसक्ने अवस्थामा हुनु भएन । ’
इन्टाग्राममा सार्वजनिक भएको एक भिडियोमा सरफराजले आफ्नो पिताले प्रशंसक र छोराहरुबीच केही भिन्नता नदेखेको बताए । उनले भने, ‘मेरो बुवा आफ्ना प्रशंसकलाई निकै माया गर्नुहुन्थ्यो । उहाँले प्रशंसक र छोराहरुबीच कुनै अन्तर देख्नुभएन । उहाँले भन्नुहुन्थ्यो, ‘यदि तिमीहरुमध्ये कसैले पनि मलाई पालेनौं भने मेरा प्रशंसकमध्ये एकजनाले त पक्कै पाल्नेछन् ।’
८१ वर्षे कादर खानको डिसेम्बर ३१ तारिखमा मृत्यु भएको हो ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण