शक्ति कपूर भन्छन्, यसकारण दुखी थिए कादर खान
एजेन्सी – बलिउडका बहुप्रतिभाशाली अभिनेता, स्क्रीनप्ले लेखक तथा संवाद लेखक कादर खानको केहि दिन अघि निधन भएको छ । उनको निधनले बलिउड उद्योग नै शोकमा डुबेको छ । साथै उनलाई देश तथा विदेशबाट श्रद्धान्जलि दिनेको संख्या धेरै छ ।
यसैक्रममा करिब १०० वटा हिन्दी फिल्ममा सँगसँगै काम गरेका शक्ति कपूरले कादर खानकोबारेमा बोलेका छन् । उनले कादर खान अन्तिम समयमा निकै एक्लो भएका थिए जसको कारण उनको निधन भएको बताएका छन् ।
शक्ति कपूरले उनको निधनपश्चाल पूरै फिल्म उद्योग उनको यादमा दुखी भइरहेको तर उनी जिउँदो हुँदा उनको बारेमा सबैले बेवास्ता गरेको प्रति खेद प्रकट गरे । उनले दुनियाँमा नै नभएका खानको प्रशंसा गर्नमा व्यस्त सबैलाई प्रश्न गर्दै उनी एक्लो हुँदा कसैले उनको साथ नदिएको गुनासो गरे ।
जीवनमा फिल्म करियरको आधाजसो समय कादर खानसँग विताएका कपूरले क्यानडामा बस्दै आएका खान पैसाले सम्पन्न भएपनि उनी त्यहाँ रहँदा बलिउडका कोहि पनि उनलाई भेट्न नगएको र उनले निकै एक्लो महसुष गरेका बताए ।
उनले भने,‘ जब म उनीसँग कुराकानी गर्थे उनी फिल्ममा साहसिक रुपमा कमब्याक गर्ने सोचमा थिए । नयाँ पुस्तालाई कसरी संबाद प्रस्तुत गर्ने सिकाउन चाहान्थे । उनी भन्थे मुखबाट संवाद पुतलीजस्तै गरेर निस्कनुपर्छ । आजभोलिका नयाँ अभिनेता तथा अभिनेत्री जे बोल्छन् त्यो उनलाई आधा पनि नबुझ्ने र उनीहरुको नयाँ भाषा सिक्न चाहेको बताउँथे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण