शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शक्ति कपूर भन्छन्, यसकारण दुखी थिए कादर खान

शुक्रबार, २० पुस २०७५, ०९ : ४३
शुक्रबार, २० पुस २०७५

 एजेन्सी – बलिउडका बहुप्रतिभाशाली अभिनेता, स्क्रीनप्ले लेखक तथा संवाद लेखक कादर खानको केहि दिन अघि निधन भएको छ । उनको निधनले बलिउड उद्योग नै शोकमा डुबेको छ । साथै उनलाई देश तथा विदेशबाट श्रद्धान्जलि दिनेको संख्या धेरै छ । 

यसैक्रममा करिब १०० वटा हिन्दी फिल्ममा सँगसँगै काम गरेका शक्ति कपूरले कादर खानकोबारेमा बोलेका छन् । उनले कादर खान अन्तिम समयमा निकै एक्लो भएका थिए जसको कारण उनको निधन भएको बताएका छन् । 

शक्ति कपूरले उनको निधनपश्चाल पूरै फिल्म उद्योग उनको यादमा दुखी भइरहेको तर उनी जिउँदो हुँदा उनको बारेमा सबैले बेवास्ता गरेको प्रति खेद प्रकट गरे । उनले दुनियाँमा नै नभएका खानको प्रशंसा गर्नमा व्यस्त सबैलाई प्रश्न गर्दै उनी एक्लो हुँदा कसैले उनको साथ नदिएको गुनासो गरे । 
 
जीवनमा फिल्म करियरको आधाजसो समय कादर खानसँग विताएका कपूरले क्यानडामा बस्दै आएका खान पैसाले सम्पन्न भएपनि उनी त्यहाँ रहँदा बलिउडका कोहि पनि उनलाई भेट्न नगएको र उनले निकै एक्लो महसुष गरेका बताए । 

उनले भने,‘ जब म उनीसँग कुराकानी गर्थे उनी फिल्ममा साहसिक रुपमा कमब्याक गर्ने सोचमा थिए । नयाँ पुस्तालाई कसरी संबाद प्रस्तुत गर्ने सिकाउन चाहान्थे । उनी भन्थे मुखबाट संवाद पुतलीजस्तै गरेर निस्कनुपर्छ । आजभोलिका नयाँ अभिनेता तथा अभिनेत्री जे बोल्छन् त्यो उनलाई आधा पनि नबुझ्ने र उनीहरुको नयाँ भाषा सिक्न चाहेको बताउँथे ।’
 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप