शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दीपकराज जोशीको चेम्बरसमेत खोसियो

बिहीबार, १९ पुस २०७५, १६ : ३५
बिहीबार, १९ पुस २०७५

काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको चेम्बर खोसिएको छ । सर्वोच्च अदालत प्रशासनले उनी बस्ने गरेको चेम्बरमा दीपककुमार कार्कीलाई स्थान्तरण गरेको छ । 

सर्वोच्च अदालत स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आदेशपछि १ नम्बर इजलाशको चेम्बरमा दीपककुमार कार्कीलाई राखिएको हो । दीपकराज जोशीलाई भने सर्वोच्चकै कुनामा रहेको एउटा कोठा उपलब्ध गराइएको छ । 

यसअघि दीपकराज जोशी वरिष्ठतम् न्यायाधीशका रुपमा १ नम्बरको इजलाश र चेम्बरमा बस्ने गरेका थिए । बिहिबार एकाएक आफू बस्ने चेम्बरसमेत खोसिएपछि उनी बिहान सर्वोच्च अदालतमा पुगी हाजिर गरी घर फर्किएका छन् ।

बुधबार रातोपाटीसँग कुराकानी गर्दै न्यायाधीश जोशीले इजलाश नदिए पनि आफू नियमित कामका लागि सर्वोच्च जाने बताएका थिए ।

त्यसैअनुसार उनी सर्वोच्च अदालत पुगेर हाजिर गरी घर फर्किएका हुन् । 

बुधबार नै नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोशीलाई राजीनामा दिन सुझाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप