बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाइनिज अनर नेपालमा

बिहीबार, १९ पुस २०७५, १५ : ५४
बिहीबार, १९ पुस २०७५

काठमाडौं– चीनको सबैभन्दा ठूलो टेलिकम कम्पनीको सह–ब्राण्ड अनरले नेपालमा आफ्ना नयाँ स्मार्टफोनहरुको बिक्री वितरण प्रारम्भ गरेको छ । नयाँ वर्षको सुरुवातसँगै क्रातोस टेक्नोलोजीले अनरलाई नेपाली बजारमा प्रवेश गराएको हो ।

क्रातोस टेक्नोलोजीले नेपाली बजारमा अनर सेभेन एस, अनर सेभेन ए, अनर ऐट एक्स र अनर प्ले नामका ४ मोडलहरु प्रस्तुत गरेको छ ।  यो ब्राण्ड डिजिटल दुनियाँको मागहरु सम्बोधन गर्ने गरी बनेको छ । यो फोनले प्रयोगकर्ताहरुलाई चलाउनुको उच्चतम् अनुभूति, उत्प्रेरित गर्ने कार्य, अद्भूत रचनात्मकता प्रदान गर्ने कम्पनीको दावी छ ।

अनरले आफ्ना ग्राहकहरुका लागि नयाँ खोज एवं आवश्यकता बमोजिमको नवीनतम प्रविधिमा लगेर अलग्गै स्थानमा राख्न सक्षम भएको कम्पनीले बताएको छ । यसले प्रयोगकर्ताहरुलाई पहिलो उत्कृष्ट श्रेणी र औद्योगीक डिजाइन तथा प्रविधि प्रदान गर्ने कम्पनीको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप