कपिल शर्मालाई लाग्यो लाखौंको झट्का, नयाँ कार्यक्रमका लागि पाए मात्र यति पैसा
भारतका कमेडी किंग भनिने कपिल शर्मा अब सानो पर्दामा फिर्ता भइसकेका छन् । उनी डिसेम्बर २९ मा टेलिभिजनमा फिर्ता भएका हुन् । लामो समयदेखि कपिलको ठट्टा, चुट्किला मिस गरिरहेका दर्शकले उनको नयाँ शो निकै रुचाइरहेका छन् । कपिलले दर्शकलाई त खुसी बनाइरहेका छन् तर पैसाको मामलामा उनलाई ठूलो झट्का लागेको छ ।
कपिललाई एक वा दुई लाख मात्र नभई ४० देखि ५० लाख भारुको झट्का लागेको छ । अहिलेका लागि कपिलले यो झट्का सहनु बाध्यता हुनसक्छ किनभने यसपटक उनी सलमान खानसँग मिलेर फिल्म निर्माण गरिरहेका छन् । यसअघिको कार्यक्रम उनको प्रोडक्सन हाउसको हातमा थियो ।
सन् २०१६ मा जब कपिल आफ्ना साथी सुनिल ग्रोवर, कीकू शारदा, चन्दन प्रभाकरसँग काम गरिरहेका थिए तब उनले एक एपिसोडका लागि करिब ६० देखि ८० लाख भारु चार्ज गर्दथे । तर अब उनले जति पैसा पाइरहेका छन् त्यो निकै कम छ ।
कपिलको एक एपिसोडको शुल्क अब ६० देखि ८० लाखबाट घटेर १५ लाख पुगेको छ । यो खबर भारतीय मिडियामा चलिरहेको रिपोर्टमा सार्वजनिक भएको हो । कपिलबाहेक भारती र कृष्णाले एक एपिसोडको १० देखि १२ लाख भारु पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबाप्पेको कीर्तिमानसँगै फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण