लोकसेवा टिप्स
- सन् २०१८ को विश्वकप फुटबलको विजेता राष्ट्र कुन हो ?
फ्रान्स
- सन् २०१८ मा सम्पन्न एसियाली खेलकुद प्रतियोगितामा नेपालले कुन खेलबाट रजत पदक पाएको थियो ?
प्याराग्लाइडिङ
- सन् २०१८ को मिस युनिभर्स विजेता कुन देशको र को हुुनुहुन्छ ?
फिलिपिन्सकी क्याटिओना ग्रे ।
- सन् २०१८ मा सम्पन्न मिस वल्र्ड प्रतियोगिताको विजेता को हुनुहुन्छ ?
मेक्सिकोका भनेसा पोन्स ।
- नेपालका वर्तमान प्रधान सेनापति को हुनुहुन्छ ?
पूर्णचन्द्र थापा
- सन् १६६८ को गौरवमय क्रान्तिका कारण के के हुन् ?
संसद्को उपेक्षा ।
विशेष अदालतको स्थापना ।
क्याथोलिक सेनाको स्थापना ।
शैक्षिक क्षेत्र अर्थात् विश्वविद्यालयमा राजाको हस्तक्षेप ।
धार्मिक विवाद ।
जेम्सका छोराको जन्म ।
संसद्को निर्वाचनमा राजाको हस्तक्षेप ।
फ्रान्ससँग मित्रता ।
स्थायी सेनाको सङ्ख्यामा वृद्धि ।
आयरल्याण्ड र स्कटल्याण्डमा निरङ्कुश शासन ।
- सङ्गीत प्रवीण भनेर नरराज ढकाललाई चिनिन्छ भने आयामेली कवि भनेर कसलाई चिनिन्छ ?
तिलविक्रम नेम्वाङ्ग
- सिंहदरबारमा कहिले आगलागी भएको थियो ?
विसं २०३०, असार २५ गते
- जैन धर्मअनुसार जम्मा कति तीर्थंकरहरू भए ?
२४
- पशुपतिमा भगवान शिवलाई कसको मुकुट पहिराउने चलन छ ?
बुद्ध
- राष्ट्रिय सभाको वर्तमान अध्यक्ष को हुनुहुन्छ ?
गणेश तिमिल्सिना
- प्रकाशले एक सेकेण्डमा कति दूरी पार गर्छ ?
करिब तीन लाख किलोमिटर
- धान खेतीको लागि कस्तो माटो उपयुतm हुन्छ ?
पाँगो माटो
- पृथ्वी राजमार्ग कुन देशको सहयोगमा निर्माण गरिएको हो ?
चीन
- बालाजु औद्योगिक क्षेत्र कुन सरकारको सहयोगमा स्थापना भएको हो ?
अमेरिका
- म नै राज्य हुँ भन्ने फ्रान्सका राजा को थिए ?
लुई चौधौं
- नेपालीलाई सरकारी कामकाजको भाषा बनाउने निर्णय कहिले भएको थियो ?
२०२१ वैशाख २ गते
- जङ्गबहादुरपछि बेलायतको भ्रमण गर्ने राणा प्रधानमन्त्री को हुन् ?
चन्द्र शमशेर
- तिब्बती पात्रोअनुसार ल्होसार भन्नाले कुन दिनलाई सम्झनुपर्छ ?
नयाँ वर्ष
- निजी क्षेत्रबाट बनेको पहिलो नेपाली चलचित्र कुन हो ?
माइतीघर
- बौद्धमार्गीको शास्त्रीय नृत्यलाई के भनिन्छ ?
चर्या नृत्य
- युनेस्कोको स्थापना कहिले भएको हो ?
सन् १९४६
- विद्युत्का पिता भन्नाले कसलाई बुझिन्छ ?
माइकल फेराडे
- बिहारको दुःख भनेर कुन नदीलाई चिनिन्छ ?
कोसी नदी
- अन्तरिक्षमा जाने पहिलो महिला को हुन् ?
भ्यालेन्तिना तेरेस्कोभा (रुस)
- नेपालको लामो नदी कर्णालीको लम्बाइ कति छ ?
५०७ किलोमिटर
- इन्द्रावती नदीको उद्गमस्थल कहाँ छ ?
लामटाङ हिमाल
- काँक्रे बिहार कुन जिल्लामा पर्छ ?
सुर्खेत
- इतिहासका पिता भनेर कसलाई चिनिन्छ ?
हेरोडोट्स
- मल्ल वंशका पहिलो राजा को हुन् ?
अरी मल्ल
- पाटनको श्रीकृष्ण मन्दिर कसले बनाएका हुन् ?
सिद्धिनरसिंह मल्ल
(गोरखापत्रबाट साभार ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल भारत सीमा सुरक्षा बैठक बर्दिबासमा बस्दै
-
प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपे : महासचिव पोखरेल
-
दुर्गा प्रसाईंलाई रिहा गर्ने आदेशविरुद्ध पुनरावलोकन गर्दै सरकार
-
राष्ट्रिय परिचयपत्र विवाद : आज अन्तिम सुनुवाइ हुँदै
-
पशुपतिनाथको जलहरी प्रकरणमा विशेष अदालतको फैसलामा के छ ? (पूर्णपाठ)
-
भेरी-बबई बहुउद्देश्यीय आयोजनाको ढिलो गर्ने छुट छैन : मुख्यमन्त्री आचार्य