शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश र कमलले तताए नेपालगञ्ज

बिहीबार, १९ पुस २०७५, १० : ५८
बिहीबार, १९ पुस २०७५

काठमाडौं –चर्चित गायक राजेश पायल राईले नेपालगञ्ज तताएका छन् । यो चिसो मौसममा पनि उनले आफ्ना नयाँ तथा पुराना गीत संगीत मार्फत नेपालगञ्ज तताएका हुन् । 

नेपालगञ्जमा २०१९ लाई स्वाग गर्दै आयोजना गरिएको  नेपालगञ्ज म्युजिक फेस्टिभलमा २०१९मा उनले आफ्ना प्रस्तुतिबाट दर्श नचाउन सफल भए ।

कार्यक्रममा राजेशले सागरसरी चोखोमाया, दर्शन नमस्ते लगायतका गीत गाउदा दर्शक उनीसँगै नाचेका थिए । दर्शकको वान्स मोरमा राजेशले उक्त गीत ४ पटकसम्म गाएका थिए ।
कार्यक्रममा राजेशको अलवा कमल खत्री, नेपाल आइडल १का सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति राखे । 
कार्यक्रममा दर्शक हसाउने काम भने काकलाकार सन्दीप क्षेत्रीले गरे । 
राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए । आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनरअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाही लगायतले नृत्य प्रस्तुत गरेका थिए ।
बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रम दर्शकको ध्यानमा राखेर तयार गरिएको बलामी फिल्मस्का प्रमुख समिर बलामीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप