बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तपाईको आजको भाग्य कस्तो छ ? हेर्नुस् राशिफल

बिहीबार, १९ पुस २०७५, ०६ : २५
बिहीबार, १९ पुस २०७५

वि.सं.२०७५ साल पौष १९ गते । बिहीबार । ईश्वी सन् २०१९ जनवरी ०३ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि त्रयोदशी,५२ घडी ३८ पला । नक्षत्र अनुराधा,१४ घडी १९ पला,दिउँसो १२ बजेर २० मिनेट उप्रान्त ज्येष्ठा । योग गंड ५१ घडि ०७ पला । करण गर,दिउसो ०३ बजेर ४५ मिनेट उप्रान्त वणिज,रातको ०४ बजेर ०० मिनेट उप्रान्त भद्रा । आनन्दादिमा आनन्द योग । चन्द्रराशि बृश्चिक । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २५ घडी ५७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै बिफल हुनुपर्दा तनाब बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरि चेलि माईतिसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिति सिर्जना नहोला भन्न सकिन्न । पढाई लेखाईमा समय दिन नसक्दा गृहकार्यहरु थाति रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच मनमुटाव सिर्जना हुने योग रहेकोछ । साझपख लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । व्यापार व्यावसाय फस्सटाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने मामा तथा मावलि पक्षबाट सहयोग तथा समर्थन पाईनेछ ।
     
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाई लेखाईमा भनजस्तो प्रगति नहुदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुने हुदा दैनिक कामहरु प्र्रभावित हुनेछन् भने शिक्षा क्षेत्र सँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला अप्रिय घट्ना घट्न सक्छ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या आउन सक्छ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
    
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाई तथा छिमेकि सँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । उद्योग ब्यापार ब्याबसायमा प्रशस्त आम्दानि हुनेछ । छोटो तथा अर्थपुर्ण भ्रमणको तय हुनेछ । बिद्यामा सोचेजस्तै सफलता पाईनेछ 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा परिवारका सदस्यहरुसँग घरायसि कुरामा राय बाजिनेछ भने आफन्तसँग कुनै पनि कारोबार नगर्नुहोला बिवाद हुनसक्छ । व्यापार व्यावसायमा समय दिएपनि भनेजस्तो आम्दानि नहुने हुदा दैनिकि प्रभावित हुनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्बसँग मनमुटाव बढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुने हुनालेकाम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुनेछ । सुन्दर तथा विलाशि वस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ । माया प्रममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि बढाई प्रशस्त आम्दानि गर्न सकिनेछ भने आम्दानिका स्रोतहरु पहिल्याई जीवन स्तर उकास्न सकिनेछ । पढाई लेखाईमा राम्रो प्रगति गरि नाम कमाउन सकिनेछ भने शिक्षा क्षेत्रको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन मार्फन नयाँ काम गर्न सकिनेछ । दाजुभाईको सहयोग हुने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ ।

मीन (दी,दू ,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्ने भन्दा फसाउँने मानिसहरु हावि हुनेछन् । निति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागु गर्न नसक्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरि मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।

तपाईको दिन शुभ रहोस् ।         

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउन,चिना हेराउन तथा वास्तु सँग सम्वन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप