शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नै क्याम्पसमा राष्ट्रपति भण्डारीको अभिनन्दन हुने

बुधबार, १८ पुस २०७५, १६ : ५७
बुधबार, १८ पुस २०७५

विराटनगर– पूर्वाञ्चल भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी, इटहरीमा रहने भएकी छन् । उनले विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको बिहीबार अवलोकन भ्रमण गर्नेछिन् ।

सो अवसरमा राष्ट्रपतिलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले सो क्याम्पसमा विसं २०३९–४१ मा मानविकी सङ्कायमा राजनीतिशास्त्रमा स्नातकोत्तर तहमा अध्ययन गरेका थिइन् । सो समय उनको क्रमसङ्ख्या ३२० थियो । वि.सं २०४० मा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी कोषाध्यक्षमा समेत विजयी भएकी थिइन् । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप