‘सकल राष्ट्रिय आनन्द’ र भुटानी शरणार्थीका पीडा
एनबी गिरी
‘सकल राष्ट्रिय आनन्द’ सन् १९७२ मा भुटानी राजा जिग्मी सिङ्गे वाङ्चुकले भारतको मुम्बईमा एक अन्तरवार्ताको क्रममा उहाँलाई सांसारिक भोगबाट ज्ञान अर्जन भएको विवेचनात्मक दर्शन हो । यसले भुटान सरकारलाई मार्गनिर्देश गर्छ भनी उद्घोष गर्नुभएको थियो । यसमा एउटा विशेष अनुक्रमणिका समावेश गरिएको छ, जसद्वारा जनताको सामूहिक आनन्द र समृद्धि नापतौल गर्न सकिन्छ भनिएको छ ।
यो निकै प्रशंसनीय विवेचना भए पनि भुटानका नागरिकहरू भने यसबाट उपेक्षित छन् । वास्तवमा सन् १९७२ मा उहाँ १८ वर्षको हुनुहुन्थ्यो, त्यो उमेरमा उहाँको शिक्षादीक्षा, मानव जीवनसितको सम्बद्धता ईश्वरीय दृष्टिसाथै राज्यव्यवस्थाको अनुभव देशका प्रकाशार्थी जनतालाई सचेत गराउन सक्ने रचनात्मक साधक थियो भनी विश्वास गर्न सकिने आधारशिला भने पाइन्दैन ।
सन् १९०७ मा ब्रिटिसको दाबेदारमा धर्मराजा साब्ड्रुङ र अन्य प्रान्तका राज्यपाललाई मारेर उहाँका खानदानले भुटानमा शासन सुरु गरेका हुन् । यसरी एक स्वेच्छाचारी धर्मान्ध परिवारमा जन्मेर हुर्केका कुनै पनि शाहजादालाई सदाचारी जनलोकको उपासना र समुचित रक्षाबारेमा प्रशंसनीय अनुभव थियो भन्न उपयुक्त हुँदैन । राजधर्म सम्हालेको अवस्थामा उहाँमा गौतम बुद्धको जस्तो दया र मानवताले भरिएको वैशिष्ट्य हृदयको उदय भएको थिएन । यस्तो भएको भए सन् १९९० मा भुटानका नागरिकहरूले अमानवीय विपत्ति सहेर शरणार्थी हुनुपर्ने अवस्था आउने थिएन ।
राज घरानामा जन्मेका राजकुमार भए पनि सबै कुलीन हृदयका हुन्छन् भनी साँचो झुटो नपर्गेली किवश्वास गर्न सकिँदैन । उहाँ एक बुद्ध धर्मावलम्बी राजा होइबक्सिन्छ अनि बुद्ध धर्मले उहाँलाई देशका मानिसहरूलाई मात्र नभएर संसारका सबै मानिसहरूप्रति बुद्धले जस्तै सदृशश्रद्धा राखी प्रेम गर्नु भनी उपदेश दिनुभएको छ । मानिसको घरद्वार उजाड पारी आतङ्क फैलाएर देशबाट लखेट्न भनी बुद्धले उपदेश दिनुभएको अवश्य पनि छैन । भुटानका जन्मसिद्ध वा अङ्गीकृत नागरिकहरू को कहाँबाट आएको, को पहिला अनि को पछाडि आएको भनेर राजसत्तामा हुनेले निषेधात्मक बहस दाबी गर्नु मनासिब ठहरिँदैन । उहाँले देशको शासन सत्ता आफ्नो पूर्ण नियन्त्रणमा भएको अवस्थामा पनि पराइको बदनियती परामर्शमा अलमलिएर पीरमर्र्काबारे दुखेसो गर्ने नागरिकमाथि आक्रमण गरी जनसङ्ख्या घटाएको पक्कापक्की हो ।
आज यी सबै घटनाहरूको तारतम्य बाउन दुनियाँलाई अलमल्याउन ‘सकल राष्ट्रिय आनन्द’को चाणक्य चाल चलिरहेका छन् । उहाँको आफ्नो भोग बन्धक भएको देशका जनतामा ‘सकल राष्ट्रिय आनन्द’ दर्शनको अनुभूति हुनुको लागि जनताको सर्वाङ्गीण विकास, आनन्द अनि मनुष्योचित असल शासन व्यवस्था र उपयुक्त वातावरणको महसुस हुन अपरिहार्य हुन्छ । भुटानी जनतामा यस प्रकारको आनन्दको आभास कहिल्यै देखिएको छैन । भुटानीहरू राजकुलको स्वार्थका लागि आफ्नो दुःखत्रय लुकाएर हाँस्नेबानी भइसकेका छन् ।
यी सबैको परिशिष्टमा लेख्नुपर्दा जसको शासन उसैको व्याख्यान मात्र मान्य हुन्छ भुटानमा । आजको दुनियाँमा आनन्दित र सुरक्षित त्यही हुन्छ, जसको हातमा राज्यको सत्ता र ढुकुटी अधिग्रहण रहेको हुन्छ । उहाँले देशमा मुकर्रर गरिएको कोर्काली शासन व्यवस्थालाई ढाकछोप गरेर बाहिरी दुनियाँमा ‘मेरो देशका जनता आनन्दित र सुखी सम्पन्न छन्, अनि खुशीको साथ ‘सकल राष्ट्रिय आनन्द’ विवेचक दर्शनको आधारमा हुने साझा, सुन्दर र सत्यधारणामा विश्वास गछनर््’ भन्नु आफै मूर्ख मण्डलीको मुर्खाधिराज हुनु हो ।
राष्ट्रको सामूहिक आनन्द तथा ‘सकल राष्ट्रिय आनन्द’ अनुमान गर्ने उद्देश्यमा भुटानी राजाको दर्शयिता विश्लेषण सुन्नमा आएको धेरै वर्ष बितिसकेकोे छ । ‘सकल राष्ट्रिय आनन्द’ कुन किसिमले अनुमान गर्न सकिन्छ भन्ने उहाँको सूत्र अन्य देशका लागि लाभदायक हुनसक्ला, भुटान मूलतः आज पनि दासत्वको चपेटामा छ । दुनियाँमा यस प्रकारको हावादारी फैलाएर जनतामा शोषण गर्ने राजाज्ञा कामयाव गराउने चतुरङ्गिनी खेल हो योे ।
यसरी परिभाषित प्रणालीले जनताको आनन्द अनि त्यो देश कति विकसित र मनोहर छ भनी अनुमान लगाउन सकिन्छ । केही विद्वानहरूले निरङ्कुश राजाको उद्देश्यलाई चर्चामा ल्याउने गरेका छन् । यो एउटा विडम्बना नै हो । त्यसैले चाहना नहुँदा पनि भुटानी राजालाई अधिनायकवादी कबुल गर्नुको अर्थ उहाँको अन्य जाति र धर्मका नागरिकहरूप्रति गरिने दुव्र्यवहारलाई दुनियाँको ज्ञानका लागि राजपत्राङ्कित गर्न प्रयास गरेको मात्र हो ।
जातिवादी निरङ्कुश सरकार भनेर भन्नु राजाविरुद्ध कुनै अवैध उद्देश्य रहेको छैन । कसैबाट प्रेरित भएर अथवा चाहभएर यसो भनेको पनि होइन । यथार्थमा ‘म’ सत्यदेखि बाहिर रहेर कुनै पनि विषय–वस्तुलाई संसारको अघि राख्न र मानिसको आखाँमा धुलो फ्याँक्ने काम गर्न सक्दिनँ । भुटानीहरूप्रति अन्याय भएको बुझेर र देखेर मात्र मैले यी अफवाह र चुनौतीहरूको जवाफी विचार व्यक्त गरेको छु । केही विदेशी जन्डहरू लगायत भुटानका स्वार्थपरायण पात्रभन्दा मसँग मनुष्यत्व भरिभराउ मानव शास्त्रज्ञान र अनुभव धेरै उच्च श्रेणीको छ । यसरी कि अरू कुनै कुरा नभएर यस्ताहरूले एउटा तानाशाहलाई अपराधहरूबाट उनमुक्ति दिने कार्य गरिरहनुभएको स्पष्ट छ । एक इमानदार मानिसले जसको जस्तो व्यवहार र गुणहरू छन्, त्यसलाई जानी राख्नु उम्दा विषय हो ।
जसरी आमाको दुध र समुन्द्रको फिँज सेतै देखिएता पनि उनीहरूका वस्तुगत विशेषता फरक हुन्छ आमाको दुध निश्चय अमृततुल्य हुन्छ तर समुन्द्रको फिजँ विषाक्त हुनसक्छ त्यसैगरी मनुका सन्ततिले बोलेको र दनुका सन्ततिले बोलेका भाव विचारमा पनि अपार फरक तात्पर्य हुन्छ । कसलाई विश्वास गर्ने अनि कसलाई नगर्ने यहीँबाट मानिसले बुझ्नु र सिक्नुपर्छ । आजको दुनियाँमा सत्यलाई कोही पनि सहजै स्वीकार गर्दैनन् । विद्या र धनका समृद्धहरू पनि शक्ति र सम्पतिप्रति रत्तिएका छन् कसैमाथि अन्याय भयो भनेपनि वहाँहरूबाट विस्मय र प्रतितर्क व्यक्त हुदैंन, मनु संहिताप्रति अपघात भयो भनी ठान्दैनन् पनि । यद्यपि,‘सत्य’ सदैव पराजित भई लुकिरहदंैन यो सार्वभौम छ सत्यको निरूपण नभई रहनसक्दैन । हुनसक्छ राजा जिग्मी सिगें वाङचुकले सन् १९७० को दशकतिर कुनैपनि देशको ‘सकल राष्ट्रिय आनन्द’ अनुमान लगाउन ल्याएको युक्तिपूर्ण विचार विर्मशमा केही सच्चाई होला तर वहाँको आफ्नो देशमा रहेका विभिन्न जात–जातिका जनताहरूको खुशी–आनन्दको नापतौल स्वेच्छाचारी भाड़ाँले नापेर हेर्न भुल हुन्छ । भुटानी जनतामा ‘सकल राष्ट्रिय आनन्द’को अवशेष केही छैन, राजा आफैसँग पनि छैन ।
आजकल भुटानी राजाले विस्तार गरेको ‘सकल राष्ट्रिय आनन्द’ को विवेचना कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्ने बारे फेरि बहस सुरु भएको छ । यहाँसम्म कि संयुक्त राष्ट्र सङ्घ र केही विकसित र शक्तिशाली देशहरूलाई समेत मानिसको आनन्द र सुखमय जीवनको बारेमा भुटानको तानाशाहले पाठ सिकाइरहेको सुन्दा उदेक लाग्छ । के यस्तो पनि हुन सक्छ ? जुन देशको कुल जनसङ्ख्याको २३ प्रतिशत जनतालाई बर्बतापूर्वक आक्रमण गरिन्छ । धनसम्पति लुटेर देश निकाला गरी जनतालाई देशविहीन शरणार्थी बनाइन्छ, त्यो देशको शासक असल हुन्छ र ? के त्यस्ता तानाशाहका विचारहरू आँखा चिम्लेर स्वीकार गर्न सकिन्छ र ? यसप्रति सबै सजग रहन आवश्यक छ ।
भुटानी राजाले उसका वशंजातिका नागरिकबाहेक अन्य जातिका नागरिकहरू जसले भेदभाव, अन्याय र अत्याचारको विरोध गरी न्यायको माग गरेका थिए, उनीहरू धेरैको हत्या गरेका छन् । धेरै महिलाहरू बलात्कृत भएका छन् । धेरै निर्दोषलाई जेलमा यातना दिएर मारेका छन् । कुनै समय देशमा प्रजातन्त्र आवश्यक भएको खण्ड अन्य जातिको बहुमतमा सरकार हुन नदिन यस्तो नृशंस काण्ड घटाइएको हो । विश्वका विभिन्न मानव अधिकारवादी र बौद्धिक समुदायले खबरदारी गरिरहँदा पनि केही अवसरवादीद्वारा यस विषयलाई ढाकछोप गर्ने षड्यन्त्र भइरहेको छ ।
विश्वले यहाँ उद्धृत खुलस्त एवम् उद्देश्य प्रेरित विषयहरूको रूप, रङ, गन्ध, स्पर्श र शब्दहरूको अवश्यमेव गहिरिएर अध्ययन गर्नुपर्छ । एउटा चोर–तस्कर पनि वास्तविक रूपमा असल मानिस हुनसक्छ । एउटा पामर दुराचारी पनि समयानुकूल मिलनसार र प्रेमिलो साथी बन्न सक्छ । एउटा उग्रवादी पनि मनकारी हृदय भएको ज्ञानी र अनुभवी हुनसक्छ, उसको पनि सुन्दर अभिलाषाहरूले भरिएको मन हुनसक्छ । त्यसरी नै एउटा अपघाती तानाशाहले पनि असल कर्मगरी पुण्य कमाउन सक्छ । यस प्रकारका पातकी शासकहरू संसारमा धेरै छन् । यद्यपि, कसैले अपराध गरेको खण्डमा उसको ज्ञान र पृष्ठभूमि हेरेर क्षमा दिने कुरा हुँदैन । यो हुन नसक्ने कुरा हो, संसारको नियम यस्तो छैन ।
कुनै देशको राजा नै किन नहोस् उसको अनुहार, धर्म, वैज्ञानिक विचार र उसको आवश्यकतालाई हेरेर क्षमा दिन सकिँदैन । पापको ज्याला मृत्यु हो तर पनि अपराध गर्नेले सजाय भोग्नुपर्छ । यदि अपराधीहरूलाई क्षमा दिन सकिने हुँदो हो त अमेरिकाले ओसामा बिन लादेनको हत्या गर्नुहुने थिएन । ओसामासँग पनि संसारलाई उपयोगी धेरै ज्ञानका कुराहरू थिए । उसको कुरा सबैले सुन्नुपर्ने थियो । ओसामा बिन लादेनको हत्या गरेर अमेरिकाले विश्व समुदायको ठुलो नोक्सान् गरेको छ भन्दा अत्युक्ति नहोला ।
तर यहाँ एउटा अपराधीमाथि कारवाही हुन्छ अनि त्यस्तै अर्को अपराधी, जसको ‘सकल राष्ट्रिय आनन्द’को विवेचनालाई लिएर क्षमा गरिन्छ । अपराधीको आराधना गरिन्छ । के यही हो शक्तिशाली देशको काम, कर्तव्य र रहस्य ? के यस्तै सिद्धान्तमा संयुक्त राष्ट्र सङ्घको स्थापना भएको हो ? जसले पापकर्म गर्ने दोषीको पद र पृष्ठभूमिलाई हेरेर उसले गरेका जस्तोसुकै अपराधहरू पनि क्षमा गर्छ ? आदरणीय विद्वान जनसमुदायहरू, भुटानी राजाले विचार विमर्शमा ल्याएको प्रासङ्गिक विषय ‘सकल राष्ट्रिय आनन्द’को परिकल्पना तथा सूत्र विवेचनाप्रति हामी कसैको पनि डाहा आरिस छैन । यो सिद्धान्त सबैलाई उपयोगी हुनसक्छ । भुटान र भुटानीहरूका लागि गौरवान्वित विषय पनि बन्न सक्छ । तर पनि अपराध गर्नेले उन्मुक्ति पाउनु भनेको विश्व मानवसमाजको उपहास गर्नु हुन्छ । मानवता विपरीत पातकी कुकर्म गर्नेहरूको सामथ्र्य फेरि पनि मौलाउन दिनु हो । धरतीप्रतिको माया, आस्था, विश्वास र सत्यको खिल्ली उडाउनु हो ।
‘सकल राष्ट्रिय आनन्द’ नापतौल गर्ने सूची ब्पिष्चभ(ँयकतभच mभतजयम को बहुआयमिक प्रतिभाशाली विधिद्वारा बनाइएको भनी छलफलमा बताइएको छ । ‘सकल राष्ट्रिय आनन्द’ व्याख्या गर्ने चारवटा प्रमुख स्तम्भहरूमध्ये (क) उचित र दीर्घकालीन सामाजिक र आर्थिक विकास, (ख) सांस्कृतिक एवम् आध्यात्मिक धरोहरको संरक्षण र संवद्र्धन, (ग) वातावरणीय संरक्षण र (घ) असल शासन व्यवस्था रहेका छन् ।
यी प्रमुख चार स्तम्भलाई लिएर अल्काइर–फोस्टर विधिअनुसार बनाइएका ३३ सिद्धान्त वा यन्त्रशास्त्रहरूलाई ९ वटा खण्डहरूमा विभक्त गरिएर ‘सकल आनन्द’ नापतौल गर्ने निर्णायक विधि तयार गरिएको छ । त्यहाँ भएका ९ वटा कार्य विवरण क्षेत्रमध्ये मानिसको मनोवैज्ञानिक प्रसन्नता, स्वास्थ्य, शिक्षा, समयको उपयोगिता, सांस्कृतिक विविधताप्रति आस्था–मनोभावना, असल शासन, समाजिक जीवन शैली, पर्यावरणीय विविधताप्रति नमन र मानिसको जीवन स्तरलाई प्रमुखतामा राखिइएको छ । यहाँ उद्धृत भएका विधिहरूले अन्तत कुनै पनि देशका मानिसहरूको जीवन आनन्द, सुसम्पन्न र परम्परागत रूपमा चलिआएको छ, छैन भन्ने कथनलाई उद्घोष गर्छ । साथै ‘सकल राष्ट्रिय आनन्द’को मूल्य र मान्यता तथा यससँग प्रतिपादित सिद्धान्तद्वारा यो विवेचना ल्याइएको भनी जिकिर गरिएको छ ।
सन् २०१९ को जनवरी ०९ तारिखमा बेलायतको क्जभमियलष्बल त्जभबतचभ, इहायचम, ग्प् मा इहायचम एयखभचतथ ७ ज्गmबल म्भखभयिऊभलत क्ष्लष्तष्बतष्खभ ९इएज्क्ष्० (ओपीएचआई) द्वारा आयोजना हुन लागिरहेको सम्मेलनमा यिनै विषयलाई लिएर भुटानका भूतपूर्व प्रधानमन्त्री छिरिङ तोब्गे र डासो कर्म उरा द्वयले भुटानको ‘प्रजातन्त्रका प्रथम दस वर्षका उपलब्धिहरू’ र भुटानको ‘सर्वाङ्गीण विकास’ अनि ‘सकल राष्ट्रिय आनन्द’को सम्बन्धमा बोल्ने कार्यक्रम रहेको छ । यस सम्मेलनको उद्देश्य भुटान र अन्य देशका विद्वानहरूबीच शैक्षिक प्रोत्साहन गराउन र पारस्परिक सम्बन्ध बढाउनु अनि भविष्यका सन्ततिहरूका आनन्द जीवनका लागि योगदान पु¥याउनु रहेको छ ।
सम्मेलनमा भुटानको वनजङ्गल, स्वच्छ जलवायु र पर्यावरणीय अवस्थाको जानकारी गराउँदै भुटानको संस्कृति, जीवनशैली र प्रकृतिका महिमाको पनि विवरण गरिने भनिएको छ । हामी सबै भुटानीहरू यस कार्यक्रमप्रति सकारात्मक छौँ । वास्तविक अर्थमा नै भुटानको वनजगङ्ल, खोला–नाला र जलवायु स्वच्छ र सुन्दर छन् । भुटान जलस्रोत र वातावरणीय विषयमा धनी साथै विश्वको एक मात्र कार्बनमुक्त देश भनी पहिचानिनुमा खुशी छौँ । प्रकृतिका महिमाहरूमा उम्दा धनी प्रदूषणमुक्त देश बनेकोमा गौरव महसुस गर्दछौँ । तर भुटानको सुन्दर वनजङ्गल तथा प्रकृतिका सिर्जनाहरूले आफ्नो भाषा र शैलीमा मानिसले जस्तो क्लेश र दुःखबहुल बहस गर्न सक्दैनन् । भुटानी जनताका गुनासो ओपीएचआईका पर्यवेक्षकलाई सुनाउन र बुझाउन नसक्लान् । उहाँहरूले बुझ्ने प्रयास पनि नर्गलान् । यसको निम्ति ओपीएचआईलाई मेरो सुझाव यस्तो छ (क) ओपीएचआई ले भुटानी शरणार्थीहरूको बारेमा यी दुवै विद्वानहरूलाई प्रश्न गर्नुपर्छ । (ख) हाम्रा भविष्यका सन्ततिहरूको सुरक्षा, आनन्द र प्रकृतिको संरक्षण गर्न विश्वका सबै देशहरूमा भएका कुनै पनि संस्था, सामग्री, हातहतियार र शक्तिहरू, जसले मान्छे मार्ने काम गर्छ ती सबैको नष्ट गरिनुको साथ त्यस्ता हतियारहरूको उत्पादन सदाको लागि बन्द हुनुपर्छ ।
प्रकृतिका देनहरू आगो, पानी, माटो, वायु, वनस्पतिर विभिन्न रङरूप, आकार, स्वभाव र शैलीमा प्रफुल्लित भई जिउने जल–थल–नभमा जीवजन्तुहरू धेरै छन् । यिनै प्रकृतिका महिमाको सजधजमा मानिसको सृष्टि भएको हो । प्रकृतिका सबै देनहरू मानिसकै उपकारका लागि भएको ठानी विश्वास गरेको हुनाले मानिस यसको संरक्षक पनि हो । तर यस्तो हुँदाहुँदै पनि प्रकृतिको अवस्थामा दैनन्दिन भीषण परिवर्तन आइरहेको छ । आज संयुक्त राष्ट्रसङ्घ लगायत संसारका विभिन्न देशका सहरहरूमा प्रकृतिमा नकारात्मक परिवर्तन आएको र यसले विश्वलाई अझ भयङ्कर विनाशकारी घटनाहरूको सामना गर्नुपर्ने सम्भावनाप्रति छलफल भइरहेको छ । यो राम्रो कार्य–संस्कार हो । यसले सकारात्मक बाटो अपनाओस ।
परन्तु यो अभियान सफल हुन असम्भव देखिँदैछ । यसको मूल कारण संसारका विद्वानहरूले कुन गलत अनि कुन सही बाटो हो वरण गर्न सकिरहेका छैनन् । आजसम्म विद्यमान रहेका कुनै पनि संस्था वा व्यक्ति कोही पनि सही पथ प्रदर्शक बन्न सकेका छैनन् । बाध्य भएर भन्नुपर्छ : ‘यस धरतीमा मानिसभन्दा राम्रो अर्को केही होइन । प्रकृतिसँग मानिसलाई साटफेर गर्न सकिँदैन’ । त्यसैले मानिसप्रति विस्मृत रहेर प्रकृतिलाई बचाउन चाहानेहरूले मानिस स्वयम्लाई विनाशमा होमिरहेका छन् ।
अनि प्रकृति अधिकतर शिथिल भइरहेको छ, जहाँ प्रकृतिको संरक्षक मानिसलाई मानिसले नै कसिङ्गर सरह देशच्युत गरिन्छ, त्यस्ता देशको शासक र प्रकृतिको वर्णन गर्नेहरू मानिसको सेवक नभएर प्रकृतिविरोधी विध्वंशक नै हुन्छन् । त्यस्तो परिवेशमा प्रकृतिले साथदिँदैन ।
अन्ततः मानिसलाई अवहेलना गर्ने कुनै पनि शासकको देशमा ज्ञानको स्रोत छ भन्नु, त्यस्तो शासकबाट मानिसको सकल आनन्दको नापतौल गर्ने विवेचना प्राप्त भएको उद्घोष गर्नु, बुद्धीजीवीहरूले त्यही शासकले लखेटेका शरणार्थीहरूको आवाजमा ढक्कन लगाउनेखालका व्यावसायिक कार्ययोजना सञ्चांलन गरिनु मानिस जातिको अवहेलना मात्र नभएर यो धरतीमा रहेका मानिसहरू परम्परागत मानवधर्म नियमको परिधिबाट बाहिर रहनु हो ।
यसैगरी कुनै पनि देशमा बसोबास गर्ने विभिन्न जातजातिका मानिसहरूको समुचित रक्षा त्यो देशको सरकारद्वारा हुँदैन, उनीहरूको गुनासो पन्छाएर भुटान जस्तो सानो देशले पनि अन्यायको माथि अन्याय भइरन्छ । अनि संसारका असल, विद्वान, धर्मशील दार्शनिकहरू तथा मानिसको कल्याण गर्न चाहाने यूएनओ, ओपीएचआई जस्ता शक्ति भण्डारले सत्यलाई मान्दैनन् भने उनीहरुले मानिसको कल्याण गर्नै सक्दैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित