शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पदभार सम्हालेलगत्तै प्रधानन्यायाधीश राणाले लिए कठोर निर्णय

बुधबार, १८ पुस २०७५, १३ : २६
बुधबार, १८ पुस २०७५

काठमाडौं– नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले बरिष्ठ न्यायाधीश दिपकराज जोशीलाई कुनै पनि हालतमा इजलास नतोक्ने बताएका छन् । राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेलगत्तै उनले सो अडान लिएका हुन् ।

प्रधानन्यायधीश राणाले न्यायाधीश जोशीले अदालतलाई बन्धक बनाउने काम गरेको भन्दै सुरुमै कठोर निर्णय लिएको प्रष्ट पारे । उनले भने, ‘अब उहाँले अदालतलई बन्धक बनाउनु हुँदैन, निकास दिनुपर्छ, भविष्यमा पनि पेशी तोकिने छैन ।’

प्रधानन्यायाधीश राणाले न्यायाधीश जोशीतर्फ संकेत गर्दै उनलाई इजलास नतोक्नु भनेको संसदको सम्मान गर्नु रहेको प्रष्ट पारे । उनले अदालत र न्यायाधीश संवेदनशील विषय भएकोले यो संस्थाको बारेमा लेख्दा पत्रकारहरुलाई संवेदनशील हुन समेत आग्रह गरे ।

प्रधानन्यायधीश राणाले भविष्यमा अनावश्यक आक्षेप नलगउन समेत सञ्चारमाध्यमलाई आग्रह गरे । उनले भने, ’अदालत र न्यायाधीश संवेदनशील विषय हो, यो संस्थालाई बचाउनु तपाईको दायित्व र धर्म दुबै हो, धर्म भुल्नुभयो भने स्वतन्त्र र निष्पक्ष न्यायलय पाउनुहुन्न् ।’

उनले सुक्ष्म निगरानी राखेर भ्रष्टाचार र अनियमितता समेत रोक्ने दाबी गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप