शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देश दौडाहामा ‘चौका दाउ’

बुधबार, १८ पुस २०७५, ११ : ४६
बुधबार, १८ पुस २०७५

काठमाडौं – २७ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘चौका दाउ’ युनिट यतिबेला देश दौडाहामा निस्किएको छ ।

 फिल्मको प्रचारप्रसार गर्नुका साथै कलाकारलाई दर्शकसँग साक्षात्कार गराउने उद्देश्यले यो युनिट मोफसल टुरमा निस्किएको हो । 

टुरको पहिलो दिन मंगलबार युनिट ३ नम्बर प्रदेशको राजधानी हेटौडा पुगेको छ । 

सो स्थानमा युनिटले एक पत्रकार भेटघाट कार्यक्रम गर्दै फिल्मको विषयमा समेत जानकारी गराएको छ ।  

कार्यक्रममा निर्देशक पुर्णेन्द्रु झाले नेपाली समाजमा हुने गरेको यथार्थ घटना हास्यव्यंङ्ग्यको रुपमा फिल्ममा देखाउन खोजिएको बताए । 

उनले गीत र ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको जानकारी दिँदै फिल्म हेर्दा बोर फिल नहुने दाबी गरे । 

अभिनेत्री वर्षा राउतले फिल्ममार्फत समाजमा सकारात्मक सूचना दिने कोसिश गरेको बताइन् । आफू ४ कलाकारको दाउमा पर्ने प्रमुख भूमिकामा रहेको उनले सुनाइन् । 

कलाकार सन्तोष पन्तले लामो समयपछि फिट हुने फिल्ममा  काम गर्न पाएकोमा खुसी लागेको सुनाए ।

फिल्ममा सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतको मुख्य भुमिका रहेको छ । शम्भुजित बासकोटाको निर्माण रहेको फिल्म सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रोमान्टिक कमेडी जनरा फिल्म बनेको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप