शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दीपकराज जोशीले भने, ‘म सर्वोच्च जान्छु’

बुधबार, १८ पुस २०७५, १० : ३५
बुधबार, १८ पुस २०७५

काठमाडौं–सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले आफू सर्वोच्च जाने बताएका छन् । 

बुधबार बिहान रातोपाटीसँग कुराकानी गर्दै आफू नियमित कामका लागि कार्यालय जाने बताएका हुन् । 

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोशीलाई सपथ र स्वागतमा सहभागी नगराउनु भन्ने निर्देशनका बीच जोशीले नियमित कामका लागि सर्वोच्च जाने प्रतिक्रिया दिए । 

रातोपाटीसँगको कुराकानीमा जोशीले भने, ‘म नियमित कामका लागि सर्वोच्च जान्छु । मलाई सर्वोच्च प्रवेशमा कसैले रोक्न सक्दैन ।’

वरिष्ठतम् न्यायाधीश जोशीलाई मंगलबार साँझ सर्वोच्चकै कर्मचारीले राणाले दिएको निर्देशनबारे जानकारी गराएका थिए । 

जसअनुसार बुधबार बिहान शीतलनिवासमा भएको सपथग्रहणमा जोशी सहभागी भएनन् । 

सर्वोच्च अदालतमा बिहान ११ बजे चोलेन्द्रको स्वागत कार्यक्रम राखिएको छ ।

यद्यपि नवनियुक्त प्रधानन्यायाधीश राणाले उक्त स्वागत कार्यक्रममा पनि जोशीलाई ‘प्रवेश नदिन’ कर्मचारीलाई निर्देशन दिएका छन् । 

जोशी उक्त स्वागत कार्यक्रममा पनि सहभागी नहुने रातोपाटीलाई बताए । 

संसदीय सुनुवाई समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेसँगै जोशीको प्रधानन्यायाधीश बन्ने बाटो बन्द भएको थियो । उनी वरिष्ठतम् न्यायाधीशका रुपमा सर्वोच्च अदालतमा काम गरिरहेका छन् । 

मंगलबार संसदीय सुनुवाई समितिले जोशीको सम्बन्धमा के गर्नुहुन्छ भनी चोलेन्द्रलाई सोधेको थियो । राणाले ‘मिनी संसदको सम्मान गर्ने’ जवाफ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप