बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल

बुधबार, १८ पुस २०७५, ०६ : १५
बुधबार, १८ पुस २०७५

वि.सं. २०७५ साल पौष १८ गते । बुधबार । इस्वी सन् २०१९ जनवरी ०२ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । पौष कृष्ण पक्ष । तिथि द्वादशी,  ५१ घडी ४५ पला,  रातको ०३ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र विशाखा,  १२ घडी ५० पला,  बिहान १२ बजेर ०५ मिनेट उप्रान्त अनुराधा । योग शूल ५३ घडी २७ पला । करण कौलव,  दिउँसो ०३ बजेर ३९ मिनेट उप्रान्त तैतिल,  रातको ०३ बजेर ३८ मिनेट उप्रान्त गर । आनन्दादिमा धाता योग । चन्द्रराशि वृश्चिक । 

काठमाडौँमा सूर्योदय ०६ बजेर ५७ मिनेट,  सूर्यास्त बेलुकी ०५ बजेर १९ मिनेट । दिनमान २५ घडी ५६ पला ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)  काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एक अर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)  यात्राका क्रममा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तीको गतिलो योग रहेको छ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)  वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जित निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायालयबाट हुने निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउँमा लगानी गर्ने अवसर आउनेछ । माया, प्रेम तथा दाम्पत्य जीवनको गाँठो झन् मजबुत भएर जानेछ । कुरा काट्नेहरू प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमूलक क्षेत्रमा रुचि बढ्नेछ । मामली पक्षबाट तपाईंको काममा आर्थिक हुनेछ ।
     
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)  बौद्धिक कार्यमा सहभागी भई आफ्नो गतिलो प्रस्तुति पस्कने अवसर प्राप्त हुनेछ तर भनेजस्तो पारिश्रमिक पाइने छैन । विद्यामा सफलता पाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । परिवार तथा सन्तानबाट तपार्इंले गरेको काममा असहयोग हुनेछ  । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । माया, प्रेममा विश्वासको वातावरण बढेर जानेछ  । पेटसम्बन्धी समस्याले सताउने हुँदा मानसिक तनाव बढ्नेछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)  कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरू व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्नेछ । सवारी साधन तथा घर जग्गाको कारोबारबाट केही मात्रमा लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्यसम्बन्धी समस्याले पिरोल्नेछ । राजनीति तथा समाज सेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) न्यायिक निर्णयहरू तपाईंकै पक्षमा आउनेछ भने प्रतिस्पर्धीहरूलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । विद्यामा तपाईको नाम अग्र स्थानमा आउने तथा अन्य क्रियाकलापमा पनि सहभागी भई प्रतिपर्धीहरूलाई हराउन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेको छ भने पतिपत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानी हुने हुनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमी क्रियाकलापमा भाग लिन सकिनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)  लामो समय लगाएर गरिएको कामको नतिजा तपाईंको पक्षमा नआउने हुनाले मन दुःखी हुनेछ । बन्दव्यापारमा सोचेजस्तो आम्दानी नहुन सक्छ । आम्दानीभन्दा खर्च बढ्ने हुनाले आर्थिक व्यावस्थापनमा गडबड हुनेछ । रूपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगेको तथा लानेहरूले नफर्काउनाले काम गर्न गाह्रो हुनेछ । प्रणय सम्बन्ध चिसिने अधिक सम्भावना रहेको छ भने आफन्तसँग नै मनमुटाव बढ्नेछ । नोकरी तथा कार्य क्षेत्रमा सहकर्मीहरू बाट नै आलोचना हुन सक्छ काम गर्दा ध्यान दिनुहोला । 

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्गे धन सम्पत्ति जोड्न सकिनेछ । विलाशी तथा भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने हुनाले अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण मजबुत हुनेछ । अध्ययन अध्यापनमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाज सेवामा जनताको समर्थन पाइने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)  अन्तर्राष्ट्रिय बजारमा उत्पादित सामानको व्यापार व्यावसाय गर्दा प्रशस्त नाफा कमाउन सकिनेछ । लामो दुरिको विदेश यात्रा हुनेछ । धार्मिक कार्य तथा सामाजिक कार्यमा खर्च बडे पनि मन खुसी रहनेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाव सिर्जना हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) माया प्रेममा सामीप्यता बढेर जानेछ भने पतिपत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । विभिन्न अवसरहरूले पछ्याउँने हुँदा राम्रा परिणाममुखी काम गर्न सकिनेछ । सरकारी सम्पत्ति तथा पैत्रिक सम्पत्ति हातलागी हुने प्रशस्त सम्भावना रहेको छ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)  पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेको छ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ । व्यापार व्यावसायमा लगानी गरि मनग्गे धन तथा सम्पत्ति कमाउँन सकिनेछ । समयले साथ दिने हुनालेअन्य बौद्धिक क्रिर्याकलापमा पनि ध्यान जानेछ । 

मीन (दी, दू , थ, झ, ञ, दे, दो, चा, ची)  व्यापार व्यावसायमा लगानी गर्न केही समय कुर्नु नै पर्नेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ, ख्याल गर्नुहोला ।  समयमा काम नसकिने हुँदा विलम्ब शुल्क तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा नजिकका मानिसबाट कामका धोका हुनेछ । सङ्गत गर्दा ध्यान दिनुहोला गलत मानिसको फन्दामा परिन सक्छ । धार्मिक तथा शैक्षिक यात्रा गर्दा विचार गर्नुहोला कष्टकर पनि हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप