शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्तो छ बिपिन अभिनित ‘गोपी’को ‘तेरो आफ्नो’ गीत

मङ्गलबार, १७ पुस २०७५, १३ : १६
मङ्गलबार, १७ पुस २०७५

काठमाडौं – १८ माघबाट प्रदर्शनमा आउने फिल्म ‘गोपी’ले दोश्रो गीत ‘तेरो आफ्नो’ सार्वजनिक गरेको छ । 

कल्याण सिंहको संगीत रहेको सार्वजनिक गीतमा शिव परियारको स्वर, विप्लव प्रतिकको शब्द छ । गीतमा फिल्ममा मुख्य कलाकार विपिन कार्कीलाई गाइ फार्ममा देखाइएको छ ।

दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, अंकित खड्का, रमेश अधिकारी, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याल, कुन्ती सिमाली, हिउँबाला गौतमलगायतका कलाकारको मुख्य भूमिकामा छन् । 

आरोही इन्टरटेनमेन्ट प्रालिका लागि आरोही केसीले निर्माण गरेको फिल्मले स्वावलम्बनको विषय उठान गरेको निर्देशक लामाले बताए ।

सामीप्यराज तिमल्सिनाको पटकथा, शैलेन्द्र डी कार्कीको छायाँकन र निमेष श्रेष्ठको सम्पादन रहेको फिल्मका श्रीधर पौडेल कार्यकारी निर्माता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप