शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चार कम्पनीको बोनस सेयरको मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

मङ्गलबार, १७ पुस २०७५, ११ : ३८
मङ्गलबार, १७ पुस २०७५

काठमाडौं–नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । 

समायोजित सेयर मूल्य प्रतिकित्ता १२० रुपैयाँ ७९ पैसा भएको छ । यसको औसत आधार मूल्य भने १७४ रुपैयाँ ४० पैसा रहेको छ ।
 
नेपाल कम्यूनीटीको हालको चुक्ता पुँजी ५२ करोड ६३ लाख ९३ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २० पैसा र प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ७५ प्रतिशत छ । 

यता, सिटिजन्स बैंक इन्टरनेशनलको ३.६ प्रतिशत र सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयरमा पनि मूलय समायोजन भएको छ । 

सिटिजन्सको समायोजित सेयर भाउ २१० रुपैयाँ ४२ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य भने ३०२ रुपैयाँ २१ पैसा छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयरको समायोजीत भाउ १४३ रुपैयाँ २७ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य १८६ रुपैयाँ १३ पैसा छ । सिटिजन्सको र साँग्रिलाको पुस ३० गते साधारण सभा हुदैछ ।  

जलविद्युत लगानी तथा विकास कम्पनीको पनि १० प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ ।  समायोजित मूल्य अनुसार १५४ रुपैयाँ ५ पैसा प्रतिकित्ता कायम भएको छ । यसको औषत आधार मूल्य भने १२७ रुपैयाँ २७ पैसा रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप