केन्द्रीय संस्करण

अल्बर्ट आइन्स्टाइन: बोधो र मन्दबुद्धि भनिएका बालकले पछि गएर विज्ञानमा तहल्का मच्चाए

person explore access_timeपुस १६, २०७५ chat_bubble_outline0
photo : checkinrome.net

संसारका सबैभन्दा चर्चित वैज्ञानिकको नाम हो– अल्बर्ट आइन्स्टाइन । तर सुन्दा वा पढ्दा पनि अचम्म लाग्न सक्छ– संसारले महान् भनी मानेका, विश्वप्रसिद्ध पत्रिका टाइमले बीसौं शताब्दी मानव नै घोषणा गरेका यी वैज्ञानिक भने सानोमा मन्दबुद्धिका थिए । 

हो, साँच्चै नै सानो छँदा आइन्स्टाइन बोधो दिमागका थिए । कतिसम्म भने उनी तीन वर्षको हुँदासम्म पनि बोल्न जान्दैन थिए । सामान्यतः बालबालिकाहरुको बोली डेढ दुई वर्षदेखि आउन थाल्छ । तर उनको बोली तीन वर्षसम्म नआउँदा सबैले उनी लाटो पो हुन् कि ? भन्ने उनका आमाबुबालगायत सबैले सोचेका थिए । तर ढिलै भएपनि उनको बोली फुट्यो । 

आइन्स्टाइनको जन्म जर्मनीको उल्म भन्ने सहरमा मार्च १४, सन् १८७९ मा भएको थियो । यो जर्मनीको प्रसिद्ध सहर म्युनिखबाट ८५ माइल पश्चिममा पर्छ । उनका बुबाको नाम हरमन आइन्स्टाइन र आमाको नाम पाउलिन आइन्स्टाइन थियो ।

आइन्स्टाइनलाई उनका आमा–बुबाले म्युनिखको एउटा प्राथमिक स्कुलमा भर्ना गरिदिएका थिए । त्यहाँ पनि उनको आनीबानी र स्वभाव अरु बच्चाहरुको भन्दा फरक थियो । उनी कम बोल्ने र एकान्तप्रेमी थिए । उनी यहुदी थिए, त्यसैले कक्षाका अरु साथी (विद्यार्थी)हरुले पनि उनलाई गिज्याउने, होच्याउने र खिसिट्युरी गर्ने गर्थे । शिक्षकले सोधेका प्रश्नहरुको पनि उनी हत्तपत्त जवाफ दिँदैनथे । त्यसैले शिक्षकहरुले उनलाई मन्दबुद्धिका भनी गाली गर्थे, हेप्थे र कठोर दण्ड दिन्थे । त्यस्तो दण्ड दिने क्रममा शिक्षकले उनलाई एउटा चिसो हल कोठामा एक्लै घण्टौं राख्ने गर्थे ।  उनलाई कक्षामा पढाइने घोकन्ते र रटन्ते तरिका मन पर्दैनथियो । त्यहाँ बच्चाहरुलाई स्वतन्त्रतापूर्वक सोच्न र उनीहरुको इच्छाअनुसार पढ्न दिइँदैनथियो । स्कुलको काठको बेञ्चीमा घण्टौं बसेर शिक्षकले जे भन्यो, त्यसलाई जस्ताको तस्तै मान्ने र उनले भनेको कुरालाई दोहो¥याउने, अनि शिक्षकले भनेको सबै सत्य हो भन्ने कुरा आइन्स्टाइनलाई पटक्कै मन पर्दैनथ्यो । स्कुलको सुगा रटाइको पढाइले उनको ज्ञानको भोक मेट्दैन थियो । त्यसैले उनको ध्यान कक्षाको पढाइमा प्रायः हुँदैन थियो । उनी कहिलेकाहीँ कक्षा कोठामा नै निदाउन पुग्थे । फलतः उनले शिक्षकबाट दण्ड पाउँथे ।  मन नलागी नलागीकन त्यस्तो मन नपरेको कक्षामा पढ्नु पर्दा उनलाई कक्षा कोठा जेलजस्तो लाग्थ्यो । त्यसैले उनी कक्षाको उकुसमुकुस हुने वातावरणमा बस्न भन्दा दण्ड पाएर चिसो हलमा नै भएपनि दिन बिताउन रुचाउँथे । 

अरुले हेपे पनि, शिक्षकले मन्द बुद्धिको भनेर गाली गरे पछि स्कुलको जाँचमा भने आइन्स्टाइन राम्रो नम्बर ल्याएर पास हुन्थे । त्यसले गर्दा शुरुमा उनलाई हेप्ने शिक्षकहरु पनि चकित बन्थे । बिस्तारै उनी स्कुलकै राम्रो क्षमता भएको छात्रको रुपमा चिनिन थाले । 

अरु विषयमा भन्दा उनलाई गणितमा बढी रुचि थियो । गणितमा पनि ज्यामिति उनलाई बढी मन पथ्र्यो । उनले १२ वर्षको उमेरमा नै युक्लिडको ज्यामिति अध्ययन गरेका थिए । १५ वर्षको उमेर पुग्दा उनले स्कुलमा गणितमा प्रथम र ल्याटिन भाषामा दोस्रो स्थान हासिल गरेर सबैलाई छक्क पारिदिएका थिए । १६ वर्षको उमेरमा नै उनले इन्टिग्रल क्याल्कुलसको गणित पनि सिकिसकेका थिए । उनलाई संगीत धेरै मनपथ्र्यो । ६ वर्षको उमेर हुँदै उनले संगीतका ज्ञाता आफ्नी आमा पाउलिनसँग भ्वाइलिन बजाउन सिकिसकेका थिए ।

आइन्स्टाइन विभिन्न नयाँ नयाँ कुराहरु सोच्न मन पराउँथे । अरु बच्चाहरुले खेलकुदमा बिताउने समय पनि उनी पढेर वा सोचविचार गरेर बिताउन मन पराउँथे । उनी सधैं विभिन्न विषय र वस्तुहरुका बारेमा सोचिरहन्थे । सानो छँदा उनी सधैं वस्तुहरुले कसरी काम गर्छ भन्ने सोच्ने गर्थे । उनका बुबा हरमन र काका ज्याकोबले विद्युतीय सामग्रीहरुको पसल थालेका थिए । पसलमा विद्युतीय सामग्री तथा तिनले काम गरेको देखेर आइन्स्टाइन अचम्म मान्थे । एक पटक उनी बिरामी भए । उनका बुबाले उनलाई खेलाउनका लागि दिशा देखाउने कम्पास दिए । उनका बुबाले आइन्स्टाइनलाई कम्पासको टुप्पोले सधैं उत्तर दिशातिर मात्र देखाउँछ भनी बताए । त्यो सुनेर जिज्ञासु आइन्स्टाइन तीनछक्क परे । उनका बुबाले चुम्बकको शक्तिले कम्पासको सियोलाई उत्तरतिर तान्ने गरेको जानकारी दिए । यही घटनाले उनमा विज्ञानको भोक जगायो । 

आइन्स्टाइनका काका ज्याकोब पनि राम्रा र विज्ञानका कुरामा दख्खल भएका मान्छे थिए । उनी आइन्स्टाइनले सोधेका सबै प्रश्नहरुको झर्को नमानी उत्तर दिन्थे । आइन्स्टाइनको परिवारसँगै बस्ने कलेजका विद्यार्थी म्याक्स टालमेले पनि आइन्स्टाइनका जिज्ञासाहरु हल गरिदिन्थे । उनलाई आइन्स्टाइनको जिज्ञासु स्वभाव र नयाँ नयाँ कुरा जान्न खोज्ने बानी अति मनपथ्र्यो । त्यसैले उनी आइन्स्टाइनलाई इम्यानुअल कान्ट, चाल्र्स डार्बिन जस्ता त्यसबेलाका चर्चित वैज्ञानिकका किताबहरु किनेर, खोजेर ल्याइदिन्थे । टालमेले नै आइन्स्टाइनलाई गणित र भौतिकशास्त्रका किताबहरु पनि ल्याइदिन्थे । उनले नै आइन्स्टाइनलाई ज्यामितिगणितका जन्मदाता युक्लिडको किताब पनि जुटाइदिएका थिए ।

वास्तवमा, सानोमा उनका बुबाले दिएको कम्पासले उत्तर देखाउने कुरा उनका लागि एउटा पहेली जस्तै थियो । त्यसैले त्यस कुराले उनको ध्यान विज्ञानतिर तान्यो । उनमा जागेको विज्ञानको यो आकर्षण जीवनभर रहिरह्यो । त्यसैले उनलाई विश्व ब्रम्हाण्डको रहस्यहरु खोतल्ने दिशातिर डो¥यायो । त्यसैले नै उनलाई ब्रम्हाण्डका गोप्य नियमहरु थाहा पाउन पनि उत्प्रेरित ग¥यो । उनी ब्रम्हाण्डको रहस्य खोतल्न र थाहा पाउन चाहन्थे । उनले देखावटी रुपमा हल्काढंगले किताबहरु पढेनन् । उनी किताबमा डुबेर पढे ।  फलतः उनले विज्ञानको क्षेत्रमा क्रान्ति नै साबित भएको सापेक्षतावादको सिद्धान्त पत्ता लगाउन सफल भए ।

सापेक्षतावादको सिद्धान्त खोज्ने क्रममा उनले प्रकाशको गति कति हुन्छ भन्ने कुरा पनि पत्ता लगाएका हुन् । आइन्स्टाइनले पत्ता लगाएअनुसार प्रकाशको गति प्रतिसेकेण्ड १,८६००० माइल हुन्छ । यो भनेको अहिलेसम्म मानिसले निर्माण गरेका कुनै पनि वस्तुले पैदा गर्ने गतिभन्दा धेरै बढीको गति हो । आइन्स्टाइनले त के पनि ठोकुवा गरेका छन् भने, यो ब्रम्हाण्डमा प्रकाशभन्दा चाँडो कुनै पनि वस्तु दौडन सक्दैन । 

सन् १८९४ मा आइन्स्टाइनका परिवार म्युनिख छोडेर इटालीको मिलानमा बसाइँ सरे । किनभने उनीहरुको बिजुलीको पसल टाट पल्ट्यो । आइन्स्टाइन पढाइ जारी राख्न म्युनिख नै बसे ।  आइन्स्टाइनले स्कुलमा पढ्न त पढे तर स्कुलको पढाउने तरिका उनलाई कहिल्यै मन परेको थिएन । त्यसैले उनी पनि १ वर्षपछि नै १८९५ मा मिलान गए । पढाइ बीचमा छोडेर आएकोमा उनका बुबाआमा खिन्न भए । तर ज्युरिच, स्वीट्जरल्याण्डको संघीय प्रविधि संस्थानमा पढ्ने वाचा गरेर आमाबुबालाई आइन्स्टाइनले मनाए । वाचा गरेअनुसार ६ महिनापछि उनले संस्थानको प्रवेश परीक्षाको जाँच पनि दिए । तर भाषा र जीवविज्ञानमा उनी कमजोर भए । उनले त्यहाँ प्रविधि संस्थानमा प्रवेश पाएनन् । गणितमा भने उनी अब्बल थिए । उनको गणितको ज्ञानले त्यहाँका निर्देशकलाई प्रभावित पा¥यो । उनले नै जर्मनी भाषामा पढाइ हुने स्वीट्जरल्याण्डको आराउ सहरको एउटा विद्यालयमा उनलाई भर्ना गरिदिए । आइन्स्टाइनले १८८६ मा आराउ स्कुलको पढाइ सके । त्यसबेला उनी सत्र वर्षका थिए । अब उनी पहिले पढ्न चाहेको जुरिचको संघीय प्रविधि संस्थानमा भर्ना भएर आफ्नो प्रिय विषय गणित तथा भौतिकशास्त्रको अध्ययन गर्न थाले । उनको तीव्र बुद्धि र नम्र स्वभावबाट प्रभावित भएका प्राध्यापक मिकोवस्कीले उनलाई निक्कै सहयोग गरे । उनले सन् १९०० मा त्यहाँबाट स्नातकको परीक्षा पास गरे ।

आइन्स्टाइनले पुरानै ढर्रामा पुराना कुराहरुमात्रै पढाइने स्कुल वा कलेजका कक्षाहरुबाट भन्दा स्वअध्ययनबाट धेरै कुराहरु सिके । उनले स्कुलको कक्षाकोठामा भन्दा बढी समय पुस्तकालय र आफ्नै कोठामा चिन्तन मनन गर्नमा बिताए । कक्षामा पढाएका कुराहरु साथीको नोट हेरेको भरमा पढेर उनले कलेज पास गरेका थिए । उनी भौतिकशास्त्रका प्राध्यापक हुन चाहन्थे तर त्यस विषयका प्राध्यापकको सिफारिसको अभावमा उनको यो इच्छा पूरा हुन सकेन । उनले पेटेन्ट कार्यालयमा पेटेन्ट अफिसरका रुपमा काम पाएका थिए । त्यहाँ काम गर्दागर्दै उनले १९०५ मा पिएचडीको शोधपत्र जुरिच विश्वविद्यालयमा बुझाए । उनको शोधपत्रको विषय सापेक्षतावादको सिद्वान्तबारे थियो । त्यसमा नै उनले शक्तिको प्रख्यात सूत्र भ् . mअद्द को व्याख्या गरेका थिए । त्यसै शोधपत्रबाट उनले पीएच्डी को उपाधि पनि प्राप्त गरे ।

उनले आफ्नो शोधपत्र अन्नालेन डेर फिजिक (Annalen Der Physik) पत्रिकामा छपाएपछि संसारभरि तहल्का मच्चियो । संसारका धेरै वैज्ञानिकहरुले उनको त्यो शोधपत्र पढे र प्रशंसा गरे । त्यसको  एक वर्षपछि १९०६ मा उनले क्वान्टम यान्त्रिकी (Quantum Mechanics) को विषयमा अर्को शोधपत्र पनि तयार गरेर छपाए । त्यसले पनि वैज्ञानिक जगत्मा तहल्का मच्चायो । अब आइन्स्टाइनको फिजिक्सको प्रोफेसर बन्ने सपना पूरा भयो । सन् १९०९ मा जुरिच विश्वविद्यालयले उनलाई सहायक प्रोफेसरको जागिर दियो ।

उनको ख्याति दिन दुई गुना रात चौगुना हुन थाल्यो । प्रवचन दिन र सम्मान गर्न उनलाई चारैतिरबाट बोलाइन थालियो । तीस वर्षको उमेर छँदा पेरिसमा प्रवचन दिन उनी गए । त्यहाँ त्यसबेलाका चर्चित वैज्ञानिक म्याडम क्युरी पनि उनको भाषण सुन्न आएका थिए । 

लजालु आइन्स्टाइन अब विश्वविख्यात भएका थिए । जहाँ गए पनि मानिसको ठूलो भीड उर्लन्थ्यो । पत्रकारहरु उनको फोटो खिच्न र अन्तर्वार्ता लिन भागदौड गर्थे । विश्वका यी महान् मानवलाई एक झल्को हेर्नकै लागि पनि मानिसहरु लालयित भएर कुर्थे ।

सन् १९११ मा उनी चेकोस्ला–भाकियाको प्राग विश्वविद्यालयमा पढाउन गए । त्यहाँ उनले सूर्यग्रहणको बेला प्रकाश बांगिएको दृश्य देख्न सकिने सिद्धान्त प्रस्तुत गरे । सन् १९१२ मा उनी पुनः जुरिच फर्के । सन् १९१४ मा उनी बर्लिनको विज्ञान एकेडेमीमा प्रोफेसर बने । त्यहाँ उनले एकेडेमीका अध्यक्ष तथा प्रसिद्ध वैज्ञानिक म्याक्स प्लाङ्कलगायत थुप्रै वैज्ञानिकहरुको सहयोगी वातावरण पाए ।

जुरिचमा पढ्दा नै आइन्स्टाइनले सहपाठी मिलेभासँग सन् १९०३ मा प्रेम विवाह गरेका थिए । त्यसको एक वर्षपछि सन् १९०४ मा उनको पहिलो छोरा हान्स अल्बर्ट र सन् १९१० मा दोस्रो छोरा एडवार्ड जन्मेका थिए । उनीहरुबाट एक छोरीको पनि जन्म भएको थियो । तर सन् १९१४ मा बर्लिनमा आएपछि उनको त्यो सम्बन्ध टुक्रियो । मिलेभा छोराहरु लिएर जुरिच फर्के । सन् १९१९ मा उनको सम्बन्धविच्छेद नै भयो । त्यही वर्ष आइन्स्टाइनले एलिसासँग दोस्रो विवाह गरे । 

आइन्स्टाइनले सन् १९२१ को भौतिकशास्त्रतर्फको विश्वप्रसिद्ध नोबेल पुरस्कार प्राप्त गरे । उनले यो पुरस्कार संसारलाई चकित पार्ने सापेक्षतावादको सिद्धान्तका लागि पाएका थिएनन् । बरु उनलाई त्यो पुरस्कार उनको अर्को महान् खोज फोटो इलेक्ट्रिक प्रभाव ९एजयतय भ्भिअतचष्अ भााभअतक० सम्बन्धी नियमका लागि दिइएको थियो । सरल र उदार हृदय भएका आइन्स्टाइनले आफूले पाएको पुरस्कारको रकम स्वीस रुपियाँ १,२१,५९२ क्रोनोर (त्यसबेलाको करिब ३२ हजार अमेरिकी डलर) आफूलाई छोडेर गइसकेकी जेठी श्रीमतीलाई पठाइदिएका थिए । 

आइन्स्टाइन शान्तिप्रिय थिए । उनी अन्याय, अत्याचार र युद्धका विरोधी थिए । त्यसैले उनले सन् १९१४ मा पहिलो विश्वयुद्ध शुरु भएपछि सन् १९१५ मा लिग अफ नेसनको माग गर्दै गरिएको युरोपको घोषणा ९ःबलषभकतय या भ्गचयउभ० मा हस्ताक्षर गरे र लीग अफ यूरोपको लागि अपील गरेका थिए । न्यायप्रेमी र यहुदी भएकै कारण सन् १९३३ मा जर्मनीको सत्तामा आएको हिटलरको नाजी सत्ताले पनि उनलाई देखिसहेन र उनको टाउको काटेर ल्याउनेलाई २० हजार जर्मन मार्कको घोषणा गरियो । त्यसपछि अमेरिकी नागरिक बनेको आइन्स्टाइनले सन् १९४५ को अगस्त ६ र ९ मा जापानमाथि आणविक हमला गरेर लाखौं निर्दोषको हत्या गर्ने अमेरिकाको कायर कार्यको पनि भत्र्सना गरे । युद्धको भयानक नरसंहारबाट आहात आइन्स्टाइन दोस्रो विश्वयुद्धपछि निशस्त्रीकरण र फेरि युद्ध दोहोरिन नदिन विश्व सरकारको पक्षमा जुटेर लागे । अरुमाथि हस्तक्षेप र अन्याय गर्ने अमेरिकी नीतिको आलोचना गर्दा उनलाई अमेरिकी सरकारले पनि कम्युनिष्टको नाममा दुःख दिएको थियो ।

जन्मले यहुदी आइन्स्टाइन सबै धर्मलाई उत्तिकै सम्मान गर्थे । उनी विद्वान् र विनम्र थिए । त्यसैले उनी सबैको कदर गर्थे । राजनीतिक विचारका हिसाबले उनी समाजवादी थिए । उनी गान्धीको विचार र जीवनशैलीबाट विशेष प्रभावित थिए । बच्चाहरुप्रति उनलाई विशेष स्नेह थियो । त्यसैले बच्चाहरुले सोधिपठाएका प्रश्नहरुको सकेसम्म उनी आफैं उत्तर दिने गर्थे । एक पटक एकजना बालिकाले उनलाई गणित पढ्न आफूलाई गाह्रो भएको बारे लेखेर पठाइन । आइन्स्टाइनले ती बालिकालाई लेखेर पढाइन जवाफको एउटा अंश यस्तो थियो– गणित पढ्न गाह्रो भयो भनेर नआत्तिऊ । म तिमीलाई के विश्वास दिलाउन चाहन्छु भने मेरो गणित तिम्रोभन्दा पनि कमजोर छ ।” सन् १९५५ मा एउटा पूर्व प्राथमिक स्कूलका बच्चाहरुले आइन्स्टाइनलाई जन्मदिनको शुभकामना र एकजोड कफ लिन्क र एउटा टाइपिन पठाए । त्यसको विनम्र जवाफ पनि आइन्स्टाइनले पठाएका थिए । उनले त्यो जवाफ आफ्नो मृत्यु हुनुभन्दा केही समयपूर्व (मार्च १९५५ का दिन) मात्र लेखेका थिए । 

आइन्स्टाइन आफ्ना जीवनभरि वैज्ञानिक खोज अनुसन्धानमा लागिरहे । जीवनको अन्त्यकालतिर पनि उनी एकीकृत क्षेत्र सिद्धान्त (Unified Field theory)  को खोज अनुसन्धान गरिरहेका थिए । तर दुर्भाग्यको कुरा, यो खोज पूरा हुन नपाउँदै अप्रिल १८, १९५५ का दिन अमेरिकाको प्रिन्सटनमा उनको दुःखद निधन भयो । यस अघि सन् १९३६ मा नै उनकी श्रीमती एलिसाको पनि मृत्यु भइसकेको थियो ।

कमेन्ट

यो पनि पढौँ

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ