भक्तपुरबाट लागूऔषधसहित महिला र पुुरुष पक्राउ
भक्तपुर– महानगरीय प्रहरी परिसर भक्तपुरले लागू औषधसहित एक महिला र एक जना पुरुषलाई पक्राउ गरेको छ । परिसरका सूचना अधिकारी प्रनाउ रेवतीरमण पोखरेलका अनुसार आइतबार सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार कटुञ्जे एकता टोलस्थित लक्ष्मी शाहीको घरको दोस्रो तलामा रहेको कोठाभित्र लागूऔषध कारोबार गरिरहेको विशेष सूचनाका भारत बिहार जिल्ला पूर्वी चम्पारण ग्राम खटुवा धनहर घर भइ सोही स्थान बस्ने बर्ष २५ को अमितकुमार रहेका छन् ।
स्थायी ठेगाना बाँके कोहलपुर नगरपालिका चपरगौरी घर भएकी स्वय्म घरभेटी ४९ वर्षकी शाही समेत लागूऔषध बिक्री वितरण कार्यमा संग्लन रहेको प्रहरीको भनाई छ । प्रहरीले उनीहरुको साथबार्ट नुफिन ३०० पिस, फेनेरगन ३०० पिस, डाईजेल्याब ३०० पिस गरी जम्मा ९०० एम्पुल लागूऔषध र नगद अट्चालिस हजार रुपैयाँसहित पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरुलाई महनगरीय प्रहरी वृत जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमबार लागूऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको समेत प्रहरी नायव उपरिक्षक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता