शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जिल्ला अदालत काठमाडौंका खरिदार पक्राउ

सोमबार, १६ पुस २०७५, १३ : ४०
सोमबार, १६ पुस २०७५

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई रु १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । 

आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए ।

आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भए पनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप