शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो साता बजारमा भित्रिए यस्ता गीत–संगीत

आइतबार, १५ पुस २०७५, १६ : ३१
आइतबार, १५ पुस २०७५

 काठमाडौं –पछिल्लो समय बजारमा नयाँ गीत संगीत भित्रिने क्रम बढ्दो छ । कम्तिमा पनि सातामा दर्जन वा सो भन्दा बढी नयाँ गीत सार्वजनिक हुने गरेका छन् । यस्तैमा यो साता पनि करिव एक दर्जन हाराहारीको नयाँ गीत संगीत बजारमा आएका छन् । ती यस्ता छन् ।

‘मेरो आखाँ’ 

काठमाडौं – गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको स्वर रहेको ‘मेरो आखाँ’ बोलको गीत सार्वजनिक भएको छ । धेरै रोमान्टिक गीतलाई आम दर्शक माझँमा निकै समयपछि बजारमा ल्याउदा निकै खुशी लागेको गायक पुष्कलले बताए । 

रामु सुवेदीको शब्द तथा बहुमुखी प्रतिभाका धनि दीलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ । गीतको म्युजिक भिडियोमा शुत्र लामा, राज मगर, डेनिसा खड्का र सर्मिला मगरको रोमान्चक अभिनय सहित नृत्य देख्न सकिन्छ । भिडियोलाई नरेन श्रेष्ठले निर्देशन गरेका हुन् ।
 


‘निदरी’

काठमाडौं – मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’ गीत सावर्जनक भएको छ । गीतमा टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा रहेको छ ।
काजिश श्रेष्ठले निर्देशन रहेको भिडियो अजय रेग्मीले छाँयाकन गरेका हुन् । म्युजिक भिडियोमा अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ ।  


‘हिउ“ सरी....’ 

काठमाडौं – प्रहलाद तिमिल्सिना नेपाली चलचित्रका स्थापित पाश्र्व गायक हुन् । उनले गाएका नेपाली चलचित्रका थुप्रै गीतहरु लोकप्रिय भएका छन् । धेरै वटा चलचित्रमा थुप्रै अभिनेताका लागि पाश्र्व गायन गरिसकेका यी गायक सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत पनि उत्तिकै कुशलताका साथ गाउन सिपालु छन् ।

केही साताअघि आफ्ुले गाएका आधुनिक गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक गरेका यी गायक यतिबेला सोही एल्बमको एउटा नया“ गीतको म्युजिक भिडियो लिएर दर्शक तथा स्रँेतामाझ आएका छन् । ‘हिउ“ सरी...’ शीर्षकको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको च्यालनबाट सार्वजनिक गरिएको छ ।

आधुनिक शैलीको उक्त गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले संगीतबद्ध गरेका हुन् । उक्त गीतमा शब्दहरु भने अभिनेता जीवन लुईटेलले रचना गरेका हुन् ।

हरि हुमागाईंद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन् । 

‘तिम्रो माया भन्दा मिठो’

 अन्तराष्ट्रिय स्तरिय गायन प्रतियोगिता द भ्वाइसका विजेता सिडी विजय अधिकारीको स्वर रहेको ‘तिम्रो माया भन्दा मिठो’ बोलको गीत सार्वजनिक भएको छ ।

प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा पशुराम थपलियाको शब्द तथा संगीत रहेको छ । 
काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन्, भने प्रविण भट्टले सम्पादन गरेका छन् 
। भिडियोमा दिपक श्रेष्ठ र एन्जल भण्डारीको अभिनय रहेको छ ।

‘मैले माया’

काठमाडौं –गायक प्रमोद खरेलको आवाज रहेको ‘मैले माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ ।

गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । भिडियो शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् । 


‘फुलबुटे चोली’

काठमाडौं – काजिश श्रेष्ठ र आरुषी मगरको डान्स रहेका रनु गुरुङ्ग र सागर गुरुङ्गको आवाज रहेको ‘फुलबुटे चोली’ गीतको भिडियो बजारमा आएको छ ।
 
प्रेमीकालाई निकै माया गर्ने कुरालाई गीतमा समेटिएको छ । जीवन सजाउने जिम्मा गायक सागरले प्रेमीकालाई दिएका छन् 
गीतमा रामु गुरुङको शब्द तथा संगीत रहेको छ । गीतमा आरुषी मगर, काजिश श्रेष्ठ र विनोद गुरुङको अभिनय रहेको छ ।


‘बाँसै काटेर’ 
काठमाडौँ – वर्षौँदेखि सेन्टिमेन्टल गीत गाउँदै आएका गायक दिनेश गौतमले फरक शैलीको साँगीतिक प्रस्तुती लिएर आएका छन् । शुक्रबार उनले गाएको डान्सिङ नम्बर ‘बाँसै काटेर’को म्युजिक भिडियो सार्वजनिक भएको छ । 
भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ । नेपाली नृत्य जगतमा चर्चित यी दुइ नृत्य समूह र एलिसाको संयोग भिडियोको बलियो पक्ष बनेको छ । संगीतकार तथा संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले गायन देखि नृत्य र भिडियो निर्देशनको उत्कृष्ट नमूनाको रुपमा यस म्युजिक भिडियोलाई लिन सकिने बताए । नेपालको पहिलो सेक्सोफोन वादक शुभ बहादुर सुनामले दिनेशको संगीत साधना र गायकीको प्रशंसा गरे । 

‘निदरी’
 पाश्र्व गायनमा निकै परिचित गायिका मनिषा पोखरेलको आवाजमा रहेको ‘निदरी’बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा प्रेममा शब्दलाई कुशल रुपमा समेटिएको छ । प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको छ । टिमाया राईको शब्द तथा ओम शंकर कर्माचार्यको संगीत गीतमा छ । 
काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले छाँयाँकन गरेका हुन्, भने दिपक विष्टको सम्पादन रहेको छ । गीतमा अञ्जली अधिकारी र अर्जुन गौत्तमको अभिनय रहेको छ ।

‘तिम्रो त्यो’
काठमाडौं – नायिका रिमा बिस्वकर्माको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘तिम्रो त्यो’ सार्वजनिक भएको छ । जहाँ उनि प्रेमपिडामा देखिएकी छिन् । उनलाई भिडीयोमा मोडल जिबन भट्टाई र जोर्डनराज भण्डारीले साथ् दिएका छन् । 
प्रेम र बिछोडको कथामा बनाइएको भिडियो निकै मन छुने बनेको छ । सार्वजनिक गीतमा हाइ कुमार राइको शब्द , निरोज लामाको संगीत र गायिका मिलन अमात्यको स्वर सुन्न सकिन्छ । भिडियोलाइ निर्देशन भने सोनम पाख्रिनले गरेका हुन् । 

‘अभाव’
काठमाडौं – गायिका विष्णु माझी र गायक गणेश अधिकारीको स्वर रहेको लोकदोहोरी गीत ‘अभाव’ बजारमा आएको छ । गणेश अधिकारीको शब्द तथा मौलिक लय सिर्जनामा गीत तयार गरिएको छ । 
सुरेश श्रेष्ठको छायाँकन, सुजन शाहीको सम्पादन, स्मिृती तिम्सिनाको निर्देशन भिडियोमा रहेको छ । गीतको मर्म अनुसारको अविरल बोहरा, सारिका केसी र आशिर प्रताप जंगको अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप