शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा डा. श्रेष्ठ नियुक्त

आइतबार, १५ पुस २०७५, १५ : ५४
आइतबार, १५ पुस २०७५

काठमाडौं– दुग्ध विकास संस्थानको बोर्ड सदस्यमा नेपाल भेटेरिनरी एशोसिएसनका केन्द्रीय अध्यक्ष डा. सितलकाजी श्रेष्ठ नियुक्त भएका छन् । 

 नेपाल सरकारको गत पुस १२ गतेको निर्णयानुसार डा. श्रेष्ठलाई दुई वर्षको लागि मनोनयन गरिएको हो । 

भेटेरिनरी जनस्वास्थ्यमा स्नातकोत्तर डा. श्रेष्ठ विगत १३ वर्ष देखि यस क्षेत्रमा क्रियाशिल छन् । 

 भेटेरिनरी व्यवसायमा सक्रिय डा. श्रेष्ठ यसअघि राष्ट्रिय विषादी बोर्ड, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका  संस्थामा पनि आवद्ध थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप