मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा २ नेपालीको मृत्यु,  शव नेपाल पठाउन पहल

आइतबार, १५ पुस २०७५, १५ : ३५
आइतबार, १५ पुस २०७५

सिड्नी । हालै अष्ट्रेलियामा  मृत्यु भएका दुई नेपाली विद्यार्थीको शव नेपाल पठाउन अष्ट्रेलियामा  रहेका विभिन्न नेपाली समुदायहरुले पहल सुरु गरेका छन् । 

गत हप्ता मात्रै अष्ट्रेलियाको सिड्नी र एडिलेडमा एक किशोरी र एक किशोरको मृत्यू भएको  थियो ।  

उनीहरुको मृत्यु के कारणले र कसरी भएको भन्ने विषयमा अष्ट्रेलियन प्रहरीले अनुसन्धान जनाइएको छ ।

अष्ट्रेलियाको सिड्नीस्थित ब्यांक्सटाउन क्षेत्रमा मृत अवस्थामा भेटिएकी नेपाली विद्यार्थी स्मृति आले मगरको शव फिर्ता पठाउन मगर समाज अष्ट्रेलियाले नेपाली समुदायसमक्ष आर्थिक सहयोग गर्न आग्रह गरेको छ । 
मृतक मगरको शव फिर्ता पठाउनको लागि सहयोग गर्न चाहनेले  Account Name: Magar Samaj Incorporate, BSB Number: 012366 र Account Number: 402034801  मा आर्थिक सहयोग गर्न समाजले अनुरोध गरेको छ । 

समाजका अध्यक्ष सुदर्शन मगरका अनुसार सबै डकुमेन्टेसनको काम पश्चात मृतकको शव एक हप्ताभित्र पठाइने  छ । 

त्यसैगरी शुक्रबार एडिलेडस्थित बेस्ट बिचमा मृत अवस्थामा भेटिएका नेपाली विद्यार्थी निश्चल घिमिरेको शव पनि नेपाल पठाउन प्रक्रिया थालिएको छ   । 

साउथ अष्ट्रेलियाका लागि नेपालका महावाणिज्यदूत दीपक धमलाले मृतकको शव फिर्ता लैजान महावाजिणज्य दूतावास र स्थानीय नेपाली समुदायबीच समन्वय भइरहेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप