शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिडियो प्रतियोगिता हुँदै, उत्कृष्टलाई एक लाख पुरस्कार

आइतबार, १५ पुस २०७५, १५ : २६
आइतबार, १५ पुस २०७५

काठमाडौं–आफ्नो गाउ“लाई पर्यटकीय ठाउ“ बनाउने अवधारणासहित ‘वि विल राइज’  फाउन्डेसनले भिडियो प्रतियोगित गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले सो प्रतियोगिता गर्न लागेको जनाएको छ । 

प्रतियोगितामा सहभागि हुन चाहनेले कुनै पनि गाउ“को प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी जुनै पनि बिषयलाई आधार बनाएर भिडियो तयार पार्न पार्न सक्नेछन् । 

आयोजकका अनुसार कुनै पनि भिडियो निर्माताले आफूसँग रहेको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत सहभागिता जनाउन सक्नेछन्। 

अधिकतम ५ मिनेटको हुनु पर्ने उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्री निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डमुमेन्ट्रि निर्माता मोहन मैनाली, डकुमेन्ट्रि एवं चलचित्र निर्देशक संझना उप्रेती रौनियार, वरिष्ठ साउण्ड विज्ञ प्रदीप उपाध्याय र नेपाल पर्यटन वोर्डको सिईओ निर्णायक रहेका छन् । 

निर्णायक समितिले भने उत्कृष्ट ठहरिने भिडियोलाई का ‘मेरो गाउ“ मेरो ठाउ“ भिडियो अफ दि इयर’ को घोषणा गर्नेछ ।  पुरस्कारको राशी १–१ लाख रुपैंया रहेको छ । 

यस्तैगरी प्रतियोगितामा फष्ट रनर्स अप हुने भिडियोलाई ५० हजार रुपैंया, सेकेण्ड रनर्स अप हुने भिडियोलाई २५ हजार रुपैंया, उत्कृष्ट सम्पादन भएको भिडियो र उत्कृष्ट स्क्रिप्ट भएको भिडियोलाई २५÷२५ हजार रुपैंया प्रदान गरिने छ । 

प्रतियोगितामा सहभागि हुन चाहनेले संस्थाको आधिकारीक वेवसाईट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर आवेदन दिन सक्नेछन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप