शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सद्वारा विंगर मिनीबस’ सार्वजनिक, मूल्य ३० लाख ८० हजार

आइतबार, १५ पुस २०७५, १३ : ११
आइतबार, १५ पुस २०७५

काठमाडौं– भारतको सबैभन्दा ठूलो व्यापारिक सवारीसाधन निर्माता टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ ले नेपालमा बढ्दो टुर र ट्राभललाई लक्षित गरेर नयाँ उत्पादन “विंगर मिनिबस” सार्वजनिक गरेको छ ।

३० लाख ८० हजारबाट शुरू हुने विंगर मिनिबस काठमाडौं, इटहरी र बुटवल गरी तिन वटा बजारमा चरणवद्ध रूपमा सार्वजनिक गरेको हो । मिनिबस सार्वजनिक कार्यक्रममा बोल्दै टाटा मोटर्सका प्रडक्ट लाइन एस.सी.भी. बिनय पाठकले भने, “नेपाल व्यापक शहरीकरण, ट्राफिक संकुचन र वातावरणीय चिन्ता भएको देश हो ।

टाटा विंगर मिनिबस एक कायापलट गर्न सक्ने उत्पादन हुनेछ, जसले नेपालमा रूट एप्लिकेसन, टुर र ट्राभल अपरेटरहरूका लागि उत्पादन कार्यसम्पादन र इन्धनको क्षमताको बढ्दो आवश्यकतालाई सम्बोधन गर्नेछ । यसले स्टाइल, फराकिलो स्थान, आराम र सुरक्षा प्रदान गर्दछ र हामी यो मिनिबस ठूलो परिवार, व्यापारहरू र सटल अपरेटरहरूमाझ चर्चित हुने कुरामा ढुक्क छौं ।”

समारोहमा बोल्दै सिप्रदी ट्रेडिङका सि.ई.ओ. राजनबाबु श्रेष्ठले भने, “हामीले चार महिनाअघि टाटा विंगर मिनिबसको आयात गरेका थियौं र यो नयाँ उत्पादनलाई देशका विभिन्न स्थानहरूमा कठिन र निरन्तर परीक्षणमा राखेका थियौं ।

हामीले टाटा विंगरलाई पुर्ण क्षमतामा नेपालको पश्चिमदेखि पूर्व र पूनः पश्चिममा र दार्चुलाको उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गरेका छौं र यो उत्पादनले यसको तेज र चुस्ततालाई प्रमाणित गरेको छ र हाम्रो अविश्वसनीय सडकका लागि उपयुक्त मेल बनेको छ । नेपालमा आकर्षक मूल्यमा विकसित विशेषतासहित टाटा विंगर मिनिबसलाई परिचित गराउन पाउँदा हामी एकदमै ढुक्क छौं ।

बसहरू अझै पनि नचल्ने साँघुरो सडकमा आरामदायी यात्राका लागि बढ्दो मागलाई सम्बोधन गर्नका लागि, हामी टाटा विंगर मिनिबसले देशको अन्तिम माइलको यात्रुको मागलाई बढावा दिदैं देशभर उद्यमशीलता विकास जारी राख्ने कुरामा विश्वास राख्दछौं ।”

रूट एप्लिकेसन र टुर र ट्राभल्स खण्डका लागि विशेष रूपमा विकास गरिएको विंगर मिनिबसले यात्रुहरूका लागि अद्वितीय आराम र अपरेटरका लागि किफायती प्रदान गर्दछ । टाटा विंगर मिनीबस ५४५८ मिमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउँछ जसले सवारी साधनलाई स्टाइलिस देखाउँछ र ग्राउन्ड क्लियरेन्स १८० मिमी दिन्छ । १९०० मिमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मदत गर्दछ । लामो दूरीको यात्राका लागि, विंगर मिनीबसले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ । 

आरामदायक भित्री माहौलले आरामको विकसित मात्रा र उच्चतम सडक अनुभव प्रदान गर्दछ । यो सवारी साधनमा आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, सिटको हरेक पंक्तिमा युएसबी चार्जिङ प्वाइन्ट प्रदान गर्दछ जसले छोटो र लामो दुबै यात्रालाई स्मरणीय बनाउँछ । साथै, विंगरको मोनोकोक बडि निर्माणले कारजस्तै कम मात्राको ध्वनी, कम्पन (एनभीएच) सुनिश्चित गर्दछ । स्वतन्त्र अगाडिको सस्पेन्सन र हाइड्रोलिक शक एब्जर्वरसहितको एन्टिरोल बारले नझ्याक्ने यात्राको सुनिश्चितता गर्दछ ।

अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न् शक्ति सुनिश्चित गर्छ । १५ सिट भएको यो सवारी साधनमा अगाडि स्वतन्त्र एमसी फेर्सन स्ट्रुट सस्पेन्सन सिस्टम छ ।  जसले राम्रो गतिशीलता र उच्चतम आराम प्रदान गर्दछ । टाटा विंगर मिनीबसमा अगाडिको एक्सेल ड्राइभ छ जसले कारको जस्तो कम ध्वनी, कम्पन (एनभीएच) दिन्छ । अगाडिको एक्सेलले कम वजन, राम्रो संकर्षण प्रदान गर्दै ट्रान्समिसन नोक्सानी घटेको सुनिश्चित गर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप