शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कलात्मक सम्बन्धका लागि चित्रकला प्रर्दशनी

शनिबार, १४ पुस २०७५, १७ : ३१
शनिबार, १४ पुस २०७५

काठमाडौं । नेपाल र इण्डोनेसियाबीचको कलात्मक सम्बन्धलाई प्रचार गर्ने उद्देश्यले दुई देशको कलाकारले चित्रकला प्रदर्शनी गरेका छन् । 

ठमेलस्थित मिथलायेँ आर्ट ग्यालेरीमा पुस ९ गतेदेखि शुरु भएको सो चित्रकला प्रर्दशनीमा इण्डोनेशियाका कलाकार एन्थोनी खोको १० वटा र नेपालका कालाकार श्यामसुन्दर यादवका १५ वटा चित्रकाला प्रदर्शनमा राखिएका छन् । 

दुवै देशका कलाकारले आ–आफ्नो देशको मौलिक तथा लोककलालाई आधुनिक रुप दिई प्रर्दशनमा राखिएको छ । इण्डोनेशियामा रहेको लोककला र परम्परागत सँस्कृतिलाई आधुनिक रुप दिई खोले चित्र बनाएर प्रर्दशनमा राखेका छन् भने कालाकार यादवले पनि मिथिला चित्रकालालाई आधुनिक रुप दिएर प्रर्दशनमा राखेका छन् । 

इण्डोनेशिया र नेपालको नेपालको मैथिली कला मिल्दोजुल्दो रहेको हुनाले यो प्रदर्शनी संयुक्त रुपमा राखेको कालाकार श्यामसुन्दर यादवले बताए । उनले भने, ‘लगभग दुई देशको सँस्कृति र चित्रकाला पनि उस्तै–उस्तै हुने गरेका छन्, त्यसैले संयुक्त रुपमा प्रर्दशन गरेका हौँ ।’

यस्तै प्रर्दशन आउँदा अप्रिलमा इण्डोनेशियामा प्रर्दशन हुने यादवले जानकारी दिए । यो प्रदर्शन पुस १६ गतेसम्म सञ्चालन हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप