गुल्मीको पहिलो शैक्षिक गोष्ठी धुर्कोटमा (फोटो फिचर )
बुटवल– गुल्मीको धुर्कोट गाउँपालिकाले पहिलो पटक दुई दिने शैक्षिक गोष्ठीको आयोजना गरेको छ । यस्तो गोष्ठी गर्नेमा गुल्मीका १२ स्थानीय तह मध्ये धुर्कोट पहिलो बनेको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि आयोजित ‘धुर्कोट शैक्षिक गोष्ठी–२०७५’ शुक्रबार प्रदेश सांसद दिनेश पन्थीले उद्घाटन गरे ।
शनिबारसम्म चल्ने गोष्ठीमा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै शैक्षिक विकास विना कुनै पनि क्षेत्रको विकास नहुने भन्दै शिक्षाविद् र धुर्कोटका सम्पूर्ण विद्यालयका शिक्षक भेला गराएर गोष्ठी गरिएको बताए ।
पोखरलद्धारा प्रस्तुत कार्यपत्र अनुसार धुर्कोट गाउँपालिका भित्र ४७ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयहरु रहेका छन् । त्यस मध्ये सामुदायिक विद्यालयमा कुल ६ हजार २६ जना विद्यार्थीहरु छन् ।
त्यस्तै धुर्कोट गाउँपालिका भित्र कुल ३ सय २० जना शिक्षकहरु रहेका छन् । जिल्लामा पहिलो पटक विद्यालय स्थापना गर्ने धुर्कोट र रिडी मानिदै आएको छ ।
गोष्ठीमा सामुदायिक विद्यालयहरु मध्ये देशकै नमुना र २०७१ देखि लगतार चार बर्ष सम्म राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल कालिका मानव ज्ञान मााध्यामिक विद्यालयका प्रधानाध्यापक घनश्याम पाठक प्रमुख सहजकर्ता रहेका छन् ।
उनले प्रधानध्यापकहरुमा हाकिम बनेर आफू भन्दा तलका शिक्षकलाई आदेश मात्रै दिने तर काम भने नगर्ने प्रवृत्ति हावी हुँदा सामुदयिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो हुन नसको बताए । यस्तै उनले विद्यालयलाई राजनीतिबाट बाहिर राखिनुपर्नेमा पनि जोड दिए ।
त्यस्तै कुनै समय अत्यन्तै कमजोर रहेको गुल्मी तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको शैक्षिक गुणस्तरलाई अहिले राष्ट्रिय रुपमै उत्कृष्ट बनाउन सफल प्रधानाध्यपक प्रेमनारयण भण्डारी र तम्घासकै शिद्धबाबा माध्यामिक विद्यालयका प्रधानाध्यापक डोरविक्रमम श्रीसले पनि शिक्षकहलाई सहजीकरण गरेका छन् ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मधुप्रसाद घिमिरेले यसअघि शिक्षा शाखा प्रमुख छँदा धुर्कोट भित्रका विद्यालयहरुको शैक्षिक अवस्थाको अध्ययन गरेका थिए । अहिले सोही अध्ययन अनुरुप शिक्षकको गुणस्तर बृद्धि गरिदै आएको छ ।
गाउँपालिकाका लेखापाल शिवहरी खनालले चालु आर्थिक बर्षका लागि शैक्षिक क्षेत्रको गुणस्तर बृद्धिका लागि ५५ लाख छुट्टाएको जानकारी दिए ।
गोष्ठीमा प्रमुख अतिथी सांसद दिनेश पन्थी , शिक्षा विकास समन्व्य ईकाईका प्रमुख थानेश्वर घिमिरे वडाका वडाध्यक्षहरुको बिशेष आतिथ्यता रहेको छ ।
गाउँपालिका प्रमुख पोखरेलको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख शिबबहादुर खत्रीको स्वागत मन्तब्य र हिमालय माविका सहायक प्रधानध्यापक कृष्णप्रसाद भण्डारीले सञ्चालन गरेका थिए ।
्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी