बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झापा खुला दिसामुक्त घोषणा

शनिबार, १४ पुस २०७५, १० : ११
शनिबार, १४ पुस २०७५

भद्रपुर । पन्ध्र स्थानीय तह भएको झापा जिल्ला खुला दिशामुक्त घोषणा गरिएको छ । 

भद्रपुरको मेची रङ्गशालामा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्वाहाम्फेले शुक्रबार सो घोषणा गरेकी हुन् । 

झापाका १५ स्थानीय तहमा ३९ हजार २८७ चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए ।

सोही अवसरमा खुला दिसामुक्त क्षेत्रका लागि सहयोग गर्ने चार सञ्चारकर्मी र विभिन्न सङ्घसंस्थालाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप