गुल्मीमा राजनीतिकर्मी भन्दा व्यवसायीहरु धेरै निर्वाचित

गुल्मी– गुल्मीका २ नगरपालिका, १० गाउँपालिका र वडाहरुमा चुनिएका जनप्रतिनिधिहरु विशुद्ध राजनीति गर्नेभन्दा धेररै कुनै न कुनै पेशा–व्यवसायमा आवद्ध भएका नै निर्वाचित भएको पाइएको छ । रेसुङ्गा नगरपालिकामा मेयर पदमा विजयी एमालेका डिल्लीराज भुसाल राजनीति कम व्यवसाय बढि गर्ने ब्यक्ति हुन् ।
निमार्ण व्यवसायको क्षेत्रमा बढि हात हालेका भुसालका निकटतम् प्रतिद्धन्द्धी कांग्रेसका भुवनप्रसाद श्रेष्ठ हुर्केदेखि अहिलेसम्म राजनीति भन्दा अरु कुनै व्यवसाय नगरेका व्यक्ति हुन् ।
तम्घासका पुर्व गाविस अध्यक्ष समेत रहेका श्रेष्ठ तमघासको लिफ्टीङ्ग सिस्टम खानेपानी योजनामा भने लामो समय देखि आवद्ध छन् । यो नगरपालिकाका वडाहरुमा निर्माण व्यवसाय, शैक्षिक एवं विभिन्न पेशाबाट आएका व्यक्तिहरु विजयी बनेका छन् । मुसिकोट नगरपालिकाको मेयरमा क्रियाशिल राजनीतिकर्मीका हिसावले एमालेका सोमनाथ सापकोटाका माओवादी केन्द्रका खुमबहादुर थापावाहेक प्रतिष्पर्धी नै थिएनन् । बरु कांग्रेसबाट मेयरमा विष्णुकुमारी सापकोटा उठेको भए कडा प्रतिष्पर्धा हुन सकथ्यो । तर सापकोटालाई कांग्रेसले उपमेयर र कहिल्लै सक्रिय राजनीति नगेरेका बृद्ध कृष्णहरी सापकोटालाई मेयरको उमेदवार बनायो । सक्रिय राजनीति जिवन विताए पनि एमालेबाट चुनिएका मुसिकोटका मेयर सापकोटा व्यवसायबाट अछुतो भने छैनन् । उनि सोलर लगायतको व्यवसायसँग जोडिएका छन् ।
माओवादी, काग्रेसबाट विजयी कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापा मगर विशुद्ध राजनीतिकर्मी हुन् । सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकाल पनि विशुद्ध राजनीतिकर्मी होईनन । उनले राजनीतिका अलवा दैनिक उपभोग्य वस्तु लगायतको व्यवसाय पनि गर्छन् । उनि राजनीति भन्दा बढि धार्मिक र सामाजिक व्यक्ति हुन् ।
चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्री शैक्षिक पेशामा जमेर आएका व्यक्ति हुन् । खत्री चक्रेश्वर ईङ्गलिस वोर्डिङ्ग स्कुलको शेयर होल्डर र प्रिन्सिपल रहेका छन् ।
रुरु गाउँपालिका प्रमुख निलकण्ठ गौतम सक्रिय राजनीतिकर्मी भएपनि विशुद्ध भने होइनन् । एमालेबाट विजयी उनी जिल्लाको कफी आयत र विदेशसम्म निर्यात गर्छन् । उनि कफी उत्पादन संघ गुल्मीको अध्यक्षका हैसियतलेृ यहाँको कफी आयत र निर्यात गरेका हुन् ।
गुल्मी दरवार गाउँपालिका प्रमुख अशोककुमार थापा हुर्केदेखि बुढेशकाल सम्म कांग्रेसको राजनीतिमै समर्पित व्यक्ति हुन् ।
ईस्मागाउँपालिका प्रमुख लक्ष्मण बिष्ट पनि शैक्षिक र मेडिकल व्यवसाय समेत हापेर एमालेको राजनीतिमा खटेका व्यक्ति हुन् । देशकै चर्चित नेता गोकर्ण विष्टका दाजु भए पनि उनले अंहकार नगरी वडास्तरदेखि संघर्ष गरेर अहिले जिल्ला सचिवालय सम्मको यात्रा गरेका हुन् ।
एमालेबाट विजयी मालिका गाउँपालिका प्रमुख रितबहादुर थापा जिल्लाबाट पलायन भई सकेका व्यक्ति चुनावमा पाहुना जस्तै भएर आएका हुन् । उनि वुटवलमा जग्गा लगायतको व्यवसाय गर्दै आएका थिए ।
माओवादी केन्द्र र कांग्रेसबाट धुर्कोट गाउँपालिकामा विजयी प्रमुख भुपाल पोखरेल एनजिओसँग जोडिएका व्यक्ति हुन् । उता, एमालेबाट विजयी मदानो गाउँपालिका प्रमुख पनि लाखको हारहारीमा तलव खाने अर्जुन आवसीय उच्च माध्यामिक विद्यालयका प्रिन्सिपल हुन् ।
१२ स्थानीय तहमा विजयी प्रमुखलाई तीन तहमा बाँड्दा विशुद्ध राजनीति गर्ने चारवटा स्थानमा मात्रै विजयी भएका छन् । ति हुन् कालिगण्डकी , छत्रकोट , गुल्मी दरवार र ईस्मागाउँपालिका । व्यवसायसंगै सक्रिय राजनीति गर्ने पनि चार स्थानमा विजयी भएका छन् । ति हुन –मुसिकोट नगरपालिका, धुर्कोट गाउँपालिका, सत्यवती गाउँपालिका र रुरु गाउँपालिका । कोही जिल्लाबाट पलायन भएका र कोही पेशागत संगठन बाहेक आफ्नै पेशामा मात्रै रमाएकाहरुले ४ स्थानमा जनताको साथ पाएर विजयी भएका छन् । ति हुन रेसुङ्गा नगरपालिका , चन्द्रकोट गाउँपालिका, मदाने र मालिका गाउँपालिका ।
९३ वटा वडाध्यक्षमा पनि बढि मात्रमा आ–आफ्नो राजनीति दलको आडमा विभिन्न व्यवसाय चलाएका व्यक्तिहरु रहेका छन् । ति मध्ये धेरै जसो ठेक्का पट्टा गर्ने , कोही कृषकहरुको उत्थानका नाममा उनिहरुको उत्पादनका विचौलीयाहरु छन् । कोही गरिव विपन्नलाई उधारो दिने पसले र होटलवालाहरु छन् भने कोही मेडिकल व्यवसायी छन् ।
गाउँ, शरह र गल्लीमा चर्चा
स्थानीय तहको निर्वाचनपछि धेरैले पैसा नहुने मान्छेले निर्वाचन नलडे हुने बताउन थालेका छन् । एउटै वडाध्यक्षको उमेदवारले २५ लाख सम्म खर्च गरेको चर्चा पनि गुल्मीमा सुन्न थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’