शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्राण्डी स्पेशलः स्वास्थ्य परिक्षण प्याकेज जम्मा २ हजार १९ रुपैयाँमा

शुक्रबार, १३ पुस २०७५, ११ : ५१
शुक्रबार, १३ पुस २०७५

काठमाडौं– ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो छैटौं बार्षिकोत्सबको अवसर पारेर एनिभर्सरी स्पेशल स्वस्थ्य परिक्षण प्याकेज अघि सारेको छ । मात्र २ हजार १९ रुपैयाँमा स्वास्थ्य परिक्षण गर्न सकिने ब्यवस्था सहित अघि सारिएको अफरमा स्वास्थ्य परिक्षणका लागि दुईवटा प्याकेजहरुको ब्यवस्था रहेको छ ।

पहिलो प्याकेजमा बोन मिनरल डेन्सिटोमेट्री (बिएमडी, फिजियो थेरापी तथा अर्थो कन्सल्टेशन समावेश गरिएको छ भने दोश्रो प्याकेजमा फास्टीङ ब्लड सुगर, लिपिड प्रोफाइल, युरिक एसिड, क्रियाटिनिन, एएलटी, हेमाटोलोजी प्रोफाइल (सिबिसि), युरिन रुटिन, इसिजी तथा चिकित्सकसँगको परामर्श समावेश गरिएको छ ।

यो स्वास्थ्य परिक्षण प्याकेज जनवरी महिनाको एक तारेख देखी १५ तारेखसम्म लागू हुनेछ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आगामी जनवरी ३ तारेखका दिन आफ्नो छैटौं बार्षिकोत्सब मनाउँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप