शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हरर चलचित्र ‘घर’ को घोषणा, नायिकाको खोजी

शुक्रबार, १३ पुस २०७५, १२ : १०
शुक्रबार, १३ पुस २०७५

काठमाडौं – कलाकार अपर्ण थापाको निर्देशनमा फिल्म ‘घर’ निर्माण हुने भएको छ । हरर कथामा फिल्म निर्माण हुन लागेको बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको फिल्मको माघबाट छायाँकन थालिने निर्माता शर्मिला पाण्डेले जानकारी दिइन् ।

शर्मिला ‘लभ लभ लभ र चंगाचेट’की समेत निर्माता हुन् । कार्यक्रममा उनले वर्षमा १ फिल्म निर्माण गर्ने जानकारी समेत दिइन् ।  

फिल्मका लागि २ नायिकाको खोजी भैरहेको छ ।

सफल निर्देशक दीपेन्द्र के खनालको पनि फिल्ममा लगानी रहनेछ । कथावस्तु राम्रो भएकोले फिल्ममा लगानी गर्न लागेको खनालले सुनाए । 

एउटा ‘घर’ भित्र हुने घटनालाई फिल्मले सस्पेन्स बिषय प्रस्तुत गर्ने छ । फिल्मको कथा निर्देशक थापाले नै लेखेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप