अर्घाखाँचीमा वडा अध्यक्ष ११ दिनदेखि बेपत्ता
बुटवल । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद भुसाल (विनोद) ११ दिनदेखि सम्पर्कविहिन भएका छन् ।
पुस २ गते मालारानी २ डाडाकटेरीस्थित घरबाट वडा कार्यालयको मोटरसाइकल मर्मत गर्ने भन्दै सन्धिखर्क आएका भुसाल मोटरसाइकल ग्यारेजमै छाडेर सम्पर्कविहिन भएका हुन् ।
गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन नसकेको प्रहरीले जनाएको छ । उनको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिए ।
यता, रुपन्देहीको बुटवलमा विगत १ महिनादेखि मिलनचोक तीनकुनेबाट हराएकी १५ वर्षीया मुना हिताङ्ग फेला नपर्दा परिवारमा त्रास उत्पन्न भएको छ ।
गत मंसिर महिनाको ९ गते करिव ३ बजेतिर मिलनचोक तीनकुनेबाट बुद्धनगरमा रहेको स्कूलमा भाइलाई लिन भनि हिँडेकी हिताङ्ग घर नफर्किएको युवतीका बाबु सुरेश नेपालीले बताए ।
युवतीलाई छरछिमेक, आफन्त र वरपर खोजी गर्दासमेत पत्ता नलागेपछि गत मंसिर ११ गते मंगलबार आफन्तजन प्रहरीको समक्ष पुगेका थिए ।
प्रहरीले पटक–पटक इलाका प्रहरी कार्यालय, बुटवलमा बोलाए पनि कुनै सन्तोषजनक सूचना दिन नसकेको परिवारको गुनासो छ ।
इलाका प्रहरी कार्यालयका डिएसपी डिल बहादुर मल्लका अनुसार अदालती प्रक्रिया मार्फत कल डिटेल माग गरेर हेरेको तर केही फेला नपरेको बताएका छन् । यसबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी