भंगहाको दलित वस्तीमा न्यानो वितरण
बर्दिवास । गरिबीका रेखामुनि रहेका दलित, बालबालिका, वृद्धवृद्धालाई शितलहरबाट जोगाउने उद्देश्यले यसबर्ष तराईमा सित लहर शुरु हुनु अगावै बिहीवार महोत्तरीको भंगहा नगरपालिकाका ८० विपन्न घरपरिवारलाई न्यानो वितरण गरिएको छ ।
शुलभ बचत तथा ऋण सहकारी संस्था लि. बनेपा काभ्रे र पतञ्जली योग समिति बनेपा काभ्रेको आयोजनामा न्यानो वितरण गरिएको हो ।
न्यानो वितरणमा ब्लायांकेट, त्रिपाल, लताकपडा, खाद्यान्नलगायतका सामाग्री वितरण गरिएको शुलभ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बिक्रम भैलले जानकारी दिए ।
उनले तराईमा हरेक वर्ष सित लहर सुरु भैइसकेपछि विपन्न परिवारलाई न्यानो बाँड्ने चलन चल्दै आएकोमा हामीले सित लहर सुरु हुनु अगावै न्यानो वितरण गरिएको बताए ।
गरिबिका रेखामुनि परेका असाहय वद्धवृद्धा, बलबालिका, चिसोका कारण संक्रमणमा पर्ने गरेकाले त्यसबाट जोगाउन आफ्नो संस्थाले सितलहर सुरु हुनु अगाडि नै राहत वितरण गरेको जानकारी दिए ।
उनले राहत वितरणले पहाड र तराई बीचको भावनात्मक सम्बन्धलाई बलियो बनाएको भन्दै पहाडलाई दुःख पर्दा तराईले र तराईलाई दुःख पर्दा पहाडको सहयोगमा सधैँ तत्पर रहेको प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी