वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती
रौतहट । कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवालाई खेतीबाटै लाखौँको आम्दानी गरेर एकजना किसानले चुनौती दिएका छन् । स्थानीय मौलापुर नगरपालिकाका एकजना किसानले व्यावसायिकरुपमा मेवा र कुरिलो खेती गरी मासिक लाखौँ रुपैयाँ कमाएर वैदेशिक रोजगारीमा जानेलाई चुनौती दिएका हुन् ।
मौलापुर नगरपालिका–८ सोनरनियाका किसान रामेश्वर पण्डितले ठूलो परिमाणमा मेवा र कुरिलो खेती गरी मनग्य आम्दानी गर्न शुरु गरेका छन् । मोबाइल युट्युबमार्फत सबै जानकारी लिएर थोरै जग्गामा शुरु गरेको कुरिलो खेतीबाट मनग्य आम्दानी देखेर उनले खेती विस्तार गरेका हुन् ।
पहिलो वर्ष आफ्नो पुस्तैनी १० कट्ठा जग्गामा कुरिलो खेती गरेर प्रतिकट्ठा ५० हजारको आम्दानी गरेपछि यस पटक चार बिघा जग्गामा खेती विस्तार गरेको किसान रामेश्वर पण्डितले बताए ।
प्रतिकट्ठा वार्षिक रु दुई हजार पाँच सयमा भाडामा लिएर यस पटक दुई बिघा उन्नत जातको मेवा र दुई बिघा कुरिलो खेती गरेको उनले जानकारी दिए ।
काठमाडौँबाट कुरिलो र भारतीय बजारबाट उन्नत मेवाको बीउ खरीद गरेर खेती शुरु गरेको किसान पण्डितले बताउँछन् । रोपेको सात महीनामा फलाएर प्रतिकिलो मेवा ११० सम्ममा करीब २५ क्विन्टल काठमाडौंमा बिक्री गरिसकेको उनले बताए ।
दुई बिघा मेवा र दुई बिघा कुरिलो खेती गर्न हालसम्म झण्डै रु १५ लाखको लगानी भइसकेको उनले जानकारी दिए । यहाँ उत्पादन हुने मेवा र कुरिलोको बजार राजधानी काठमाडौँ र पोखरा बजारमा ठूलो माग रहेको उल्लेख गर्दै उनले ढुवानी गर्न भाडा निकै महँगो भएको हुँदा आफैँले पिकअप भ्यान खरीद गर्ने योजनामा रहेको जानकारी दिए ।
जिल्लामै पहिलो पटक व्यावसायिकरुपमा मेवा र कुरिलो खेतीको शुरुआत गर्दा पनि सरकारीस्तरबाट कुनै सहयोग पाउन नसकेको गुनासो किसान पण्डितको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी