सभापति देउवाद्वारा अधिकारीको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्लाका पूर्वजिल्ला सचिव शिवकुमार अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज विज्ञप्ति जारी गरी अधिकारीको निधनले आफूलाई स्तब्ध र मर्माहत बनाएको बताएका छन् । लामो समय जेल तथा निर्वासनमा रहेका स्वर्गीय अधिकारीले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण र सक्रिय भूमिका निर्वाह गरेका थिए ।
पार्टी प्रतिबन्धित अवस्थामा समेत स्वर्गीय अधिकारीले नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाको सचिव भई सङ्गठनलाई कुशलतापूर्वक सञ्चालन गरेका विज्ञप्तिमा उल्लेख छ ।
उनको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको छ भने पार्टीलाई अपूरणीय क्षति पुगेको छ । सभापति देउवाले शोकको यस घडीमा स्वर्गीय अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
अधिकारीको ७९ वर्षको उमेरमा यही पुस १० गते पुतलीबजार नगरपालिका–१० मा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म