नेपाल टेलिकमको लाभांश सुरक्षित गर्नुभयो ? आज अन्तिम दिन
बिहीबार, १२ पुस २०७५, १२ : ०१
काठमाडौँ । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को ५५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
टेलिकमले प्रतिकित्ता ५५ रुपैयाँँको दरले नगद लाभांश दिँदैछ । कम्पनीको पुस ३० गते बस्ने साधारण सभामा नगद लाभांशको प्रस्ताव पारित हुँदैछ ।
सो लाभांश पाउनका लागि आजै सेयरधनी बनिसक्नुपर्नेछ । आज बिहिबार साताको सेयर कारोबारको अन्तिम दिन हो ।
टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ खुद नाफा कमाएको छ । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११९ रुपैयाँ ७५ पैसा र प्रतिसेयर नेटवर्थ ६ सय ८६ रुपैयाँ ६० पैसा छ ।
हाल यसको सेयर मूल्य ७ सय ९२ रुपैयाँ प्रतिकित्ता रेहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माको प्रश्न– यामलालजीले जे भन्यो त्यही हामीले मान्नुपर्ने ?
-
तनहुँमा सात दशमलव पाँच किलोमिटर सडक कालोपत्र
-
मध्य पूर्वमा महायुद्ध छेडिने सङ्केत
-
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
-
विमानस्थलबाट २ अर्ब ९४ करोड रुपैयाँको सुन चोरी मामिलामा विमानस्थलका ६ कर्मचारी पक्राउ
-
आईपीएलमा आज : ईकाना स्टेडियममा पहिलो पटक एकअर्कालाई हराउने धुनमा लखनउ र चेन्नई