छुट्टाछुट्टै घटनामा दुईको मृत्यु
बिहीबार, १२ पुस २०७५, ०९ : ४१
मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला परेको छ ।
कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।
त्यसैगरी मेलम्ची नगरपालिका–४ थकनीमा एक व्यक्तिले आत्महत्या गरेका छन् ।
जिरा तामाङका ४० वर्षीय छोरा सोमार तामाङ घर नजिकैको आफ्नै बारीमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि मेलम्ची ल्याएर अनुसन्धान थालिएकको मेलम्ची इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी