दाङमा ट्रक र बस ठोक्किँदा बस चालकको मृत्यु
बुधबार, ११ पुस २०७५, १८ : ५८
दाङ । बुधबार दाङको लमही–८ गणेशपुरस्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा बस र ट्रक एक आपसमा ठोक्किँदा बस चालकको ज्यान गएको छ ।
भारतको दिल्लीबाट आउँदै गरेको र बुटवलतर्फ जाँदै गरेको ना६ख ८४४४ नम्वरको बसलाई चन्द्रौटादेखि अत्तरियातर्फ जाँदै गरेको ना६ख ५२६० नम्वरको ट्रकले ठक्कर दिँदा बसचालक तनहुँको कोटावार गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुरु सारु मगरको मृत्यु भएको हो ।
उनी कोहलपुर–११ म डेरा गरी बस्दै आएका थिए । उनको उपचारका क्रमममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।
ट्रक चालक दलललाई नियन्णमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन
-
आज काठमाडौंका कुन्-कुन् स्थानमा काटिंदै छ बिजुली ?
-
म्यान्सिटीका मालिकहरुलाई धैर्य गर्न किन भने ग्वार्डिवलाले ?
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म