शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा संसदीय दलको बैठक: हिउँदे अधिवेशन प्रभावकारी बनाउन निर्देशन

बुधबार, ११ पुस २०७५, १७ : ३६
बुधबार, ११ पुस २०७५

काठमाडौं– सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) ले संघीय संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बुधबार बसेको बैठकले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो । 

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता प्रधानमन्त्री केपी ओलीले हिउँदे अधिवेशनमा थुप्रै कानुन पारित गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक तयारी गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिए ।

प्रधानमन्त्री ओली र पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिनुभएको पार्टी संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

बुधबारबाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनमा संविधानसँग  बाँझिएका सबै कानुन पारित गरी सक्ने सरकारको योजना छ । सोही योजनालाई पूरा गर्न कानुन निर्माणको कामलाई अघि बढाउन आवश्यक सहयोग गर्न सत्तारुढ नेकपाका सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।  बैठकले पार्टी संसदीय दलको विधानलाई पनि अनुमोदन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप