शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने काँग्रेसको निर्णय

बुधबार, ११ पुस २०७५, १७ : १४
बुधबार, ११ पुस २०७५

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने भएको छ ।  नेपाली काँग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारले एकपछि अर्को जनविरोधि काम गरिरहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध संसद र सडक आन्दोलनलाई एकसाथ अघि बढाउने निर्णय गरेको हो ।

बुधबार संघीय संसदको हिउँदे अधिवेशन सुरु केहीबेर अघि सम्पन्न काँग्रेस संसदीय दलको बैठकले जन सरोकारको विषयलाई लिएर सरकारविरुद्ध सडक आन्दोलनलाई समेत बल पु¥याउने गरी संघीय संसदमा कुरो उठाउने निर्णय गरेको हो ।

सरकारले जनविरोधी काम गरिरहेकाले त्यसविरुद्ध सडक आन्दोलनलाई समेत बल पुर्याउने गरी सदनमा कुरा उठाउने निर्णय गरिएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
बैठकले सरकारले ‘कर्मचारी समायोजन अध्यादेश’ संसद छलेर ल्याएकोमा पनि आपत्ति जनाएको छ । त्यसैगरी निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको, जनतालाई करको मारमा पार्ने काम सरकारले गरिरहेको काँग्रेसको आरोप छ । 

संघीय संसदको हिउँदे अधिवेशनमा यिनै विषय उठान गरेर जनसरोकारको विषयलाई सम्बोधन गर्न सरकारलाई दवाव दिने पनि प्रमुख सचेतक खाँडले जानकारी दिए । राष्ट्रियता, लोकतन्त्रको संरक्षणका लागि सरकारबिरुद्ध जस्तासुकै कदम चाल्न पनि पार्टी बाध्य हुने काँग्रेस संसदीय दलको बैठकको निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप