बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वीर अस्पतालले मनायो  १ सय २८ औं वार्षिकोत्सव, ८ तस्बिरमा हेर्नुहोस्

बिहीबार, १२ साउन २०७४, १४ : ०३
बिहीबार, १२ साउन २०७४

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताएका छन् । 
प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी र संस्थागत संरचना व्यवस्थापनको काम गरिरहेको पनि स्पष्ट पारेका छन् ।
वीर अस्पतालको १ सय २८ औं वार्षिकउत्सवको अवसरमा विहिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले वीर अस्पतालको क्षमता वृद्धिका लागि आवश्यक सबै खालको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाए । 
त्यस अवसरमा प्रधानमन्त्री देउवाले वीर अस्पतालको सेवालाई गुणस्तरीय बनाउन सरकारले पर्याप्त बजेटको व्यवस्था गरेको पनि स्मरण गराएका थिए । 
प्रधानमन्त्री देउवाले सबै नागरिकलाई प्रत्यक्ष अनुभूति हुने गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पनि वीर अस्पताललाई सचेत गराएका थिए । 

सो अवसरमा स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले नेपालको स्वास्थ्य क्षेत्रको सुधार वीर अस्पतालबाट हुनुपर्ने भन्दै त्यसका लागि आफू लागिपर्ने बताए ।  वीरमा बेडको अभाव हुने, उपकरणको अभाव हुने जस्ता सवालप्रति संकेत गर्दै उनले कुनै पनि नेपाली नागरिकलाई वीरको ढोको बन्द नहुने वातावरण मिलाउन लागिपर्ने बताए ।   
यस्तै पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यमन्त्रालयले भिजनरी मन्त्री पाएको भन्दै समग्र स्वास्थ्य क्षेत्र खुसी हुनुपर्ने बताए । 

विक्रम संवत १९५९ सालमा स्थापना भएको वीर अस्पताल मुलुकको सबैभन्दा पूरानो सरकारी अस्पताल हो । प्रधानमन्त्री देउवाले अस्पतालले गुणस्तरीय जनशक्ति निर्माणमा समेत अतुलनीय योगदान दिँदै आएको पनि बताए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप